एनसेलले ल्यायो टिकटक र फेसबुक प्याक

अन‌ि यो पनि

भरतपुर । एनसेलका ग्राहकले अब थप विकल्पहरुका साथ लोकप्रिय सामाजिक सञ्जाल टिकटक र फेसबुकको नन्स्टप मजा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहकका लागि नन्स्टप अफरअन्तर्गत थप विकल्प प्रदान गर्दै टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजना ल्याएको हो ।
‘प्लस’थिमअन्तर्गत फोरजी ग्राहकलाई ध्यानमा राखी ल्याइएका नयाँ प्याकहरु बुधबारदेखि सञ्चालनमा आएका छन् । ‘प्लस’थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको छ ।
ग्राहकले आफ्नो आवश्यकताअनुसार एक दिन वा ३० दिनको समयसीमा रहेका यी प्याकहरु सजिलै सुरू गरी सुलभ दरमा यी सामाजिक सञ्जालहरुको प्रयोगबाट मजा लिन सक्छन् । ग्राहकले मात्र रू २५ (कर सहित रू ३१.९२) मा एक दिनको टिकटक वा फेसबुकको प्याक सुरू गर्न सक्छन् ।
त्यस्तै, ग्राहकले मात्र रू ३६० (करसहित ४५९.६८) मा ३० दिनको समयावधि रहेको टिकटक वा फेसबुक प्याक लिई आफूले लिएको प्याकको समयसीमा बाँकी रहेसम्म नन्स्टप पमा यसको फाइदा लिन सक्छन् । यतिमात्र नभई, यो ३० दिनको प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ६ जीबी डेटा बोनसस्वरुप प्राप्त गर्ने एनसेलले जनाएको छ ।

 

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया