निजगढमा हाट बजार सञ्चालन

अन‌ि यो पनि

निजगढ । निजगढ नगर कार्यपालिकाको बसेको बैठकले निजगढ नगरभित्र लाग्दै आएको हाटबजार सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
बैठकले हाट बजारसहित नगरपालिकाभित्रका सबै पसल, व्यवसाय, उद्योग प्रतिष्ठान, सेवा व्यवसाय र बैंक तथा वित्तीय संस्थाहरु पनि नियमितरुपमा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बाराले यसअघि जारी गरेको निषेधाज्ञा आदेश असोज १ गतेबाट हटाएपछि नगर कार्यपालिका बैठकले हाटबजार, पसल तथा व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको निजगढ नगरपालिका सूचना अधिकारी रविन घिमिरेले जानकारी दिए ।
नगरपालिका बैठकले हाटबजार तथा अन्य व्यवसाय एवम् बैंक तथा वित्तीय संस्थाहरु पनि नियमितरुपमा सञ्चालन गर्न सकिने घिमिरेले बताए । उनका अनुसार विद्यालय तथा नगरभित्र सञ्चालित सहकारी संस्थाको साधारणसभा तथा भेला कार्यक्रममा भने रोक लगाइएको छ ।

 

 

प्रतिकृया

मुख्य समाचार

रेडक्रसद्वारा ८५ परिवारलाई खाद्य सामग्री

रत्ननगर । नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीले दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका विपन्न तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया