पृथ्वीराजमार्गको धादिङ खण्डमा जताततै पहिरो

अन‌ि यो पनि

धादिङ । मंगलबार रातिदेखि सुरु भएको अविरल वर्षातका कारण पृथ्वीराजमार्गको धादिङ खण्डमा विभिन्न स्थान विभिन्न ठाउँमा पहिरो खसेको छ ।

तस्बिर : नयाँ घरे माइलोपृथ्वीराजमार्गको हुग्दीखोला, जवाङखोला, वेनीघाट, गलौदी, गल्छीलगायत १५ भन्दा बढी ठाउँमा साना ठूला पहिरोे खसेर दिनभर नै सवारी आवागमनमा अवरोध पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक नेत्र भट्टले बताए ।
पहिरो खसेर अवरुद्ध हुन पुगेको सडक खण्डमा सडक विभाग, स्थानीय तह तथा ट्राफिक कार्यालयको डोजर प्रयोग गरी दिनभर पहिरो हटाउने कार्य भएको प्रहरी निरीक्षक भट्टले बताए । पानी परिहेको हुँदा रातको समयमा पनि पहिरो खस्न सक्ने भएकाले सचेत रहन उनले आग्रह गरेका छन् । वर्षात हुने क्रम नरोकिएकाले ठाउँमा ठाउँमा डोजरहरु तयारी अवस्थामा राखेको पनि प्रहरी निरिक्षक भट्टले बताए ।
पहिरो खस्दा जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर ५ गलौदीमा बुधबार बिहान दुई वटा सवारी साधन पुरिएका थिए । काठमाडौँबाट धनगढी जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर र भारतबाट सामान लिएर काठमाडौँ जाँदै गरेको एचआर ३३ ९९०१ नम्बरको भारतीय कन्टेनरमा पहिरोले क्षति पु¥याएकोे थियो ।

प्रतिकृया

मुख्य समाचार

रेडक्रसद्वारा ८५ परिवारलाई खाद्य सामग्री

रत्ननगर । नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीले दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका विपन्न तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया