ADVERTISEMENT
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नारायणगढ बजारमा फलफूल बेच्ने महिलाहरुका पीडा

by चितवन पोष्ट
२०७१ जेष्ठ २, शुक्रबार ०१:५२ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

वीरेन्द्रमणि पौडेल
मिति सम्झना छैन, अनुमानित आठ–नौ वर्षअघि एकाबिहानै नारायणगढ सहिदचोकको भित्रपट्टि एउटा अँध्यारो एक कोठे चियापसलअगाडि एक युवक डाँको छाडेर रोइरहेका थिए । नेपाली नागरिक समाजमा स्थापित मान्यताअनुसार त्यसरी रूने अधिकार भने पनि वा चलन भने पनि महिलाहरुलाई छ । “छोरो मान्छे भएर रून हुन्न”, आज पनि भन्ने गरिन्छ । स्थापित चलनभन्दा भिन्न अवस्थामा एक युवक त्यसरी रोएको देख्दा स्वाभाविक रुपमा सामान्य भीड पनि जम्मा भएको रहेछ । झट्ट हेर्दा लाग्थ्यो– छोरो मान्छे रोएको छ, यसको अर्थ “कुनै मान्छे मरेको” हुनुपर्छ । जोकसैले पनि यही अनुमान गर्ने स्थितिमा यो कलम चालकले पनि अन्यथा सोच्ने कुरा थिएन । तर कुरो बुझ्दा थाहा भयो, रामचन्द्र काप्री नामका ती युवकको डेराबाट सुन र नगद चोरी भएको रहेछ र तिनले त्यसरी डाँको छाडेका रहेछन् । डाँको छाडेर नरोऊन् पनि किन ? बिचरा तिनले औधी दुःख गरेर, चिया बेचेर, दुनियाँको झूटो गिलास माझेर, चिया खाँदा खानेहरुले ¥याल, सिँगान पनि बगाउँदा हुन्; ती गिलास सफा गरेर सुका, मोहोर गरेर जम्मा गरेको पचास हजारभन्दा बढी रकम चोरी भएको रहेछ । त्यस्तो अवस्थामा मैं हुँ भन्ने धनी व्यक्तिसमेत छाती पिटीपिटी रूने अवस्था हुन्छ भने ती त बिचरा गिलास माझ्ने चिया व्यापारी । कतिसम्मको निर्दयी होला त्यो चोर, जसले त्यस्ता गरिबको पैसा चो¥यो । आज पनि ती काप्री थरका युवक डाँको छाडेर रोएको सम्झना झलझली आउँछ र मनमा कुरा खेल्छ, “कोही रगत–पसिना बगाएर कमाउने, कोही सजिलै अर्काको कमाइ खाने”, यस्तो दिन यो मुलुकमा सधैँभरि रहिरहला कि यसको कुनै दिन अन्त्य पनि होला ? कहिलेकाहीँ यो मन दुख्ने घटनाको सम्झना त हुन्थ्यो नै, त्यही तरिकाले मन दुख्ने घटना त्यही सहिदचोकमा यसपटक दोहोरिएको छ । घटना चोरीको होइन, तर
त्यो कम दर्दनाक र पीडादायी भने हुँदै होइन ।
नयाँ वर्षको पहिलो महिना वैशाख सकिनै लाग्दा त्यही सहिदचोकको एउटा कुनामा बसेर आँसु टिलपिलाएर रोइन्, सरस्वती हमाल । भनिन्– “पाँच–पाँचवटा सन्तानलाई अब के खुवाएर पाल्ने, कसरी पढाउने ? सानो बच्चो २ कक्षामा पढ्छ । सबैभन्दा ठूली छोरी ९ कक्षामा पढ्छे । खान, लाउन
प¥यो । डेरा भाडा तिर्न प¥यो । कमाइको नाममा एउटी मैले कमाउने हो, डोकामा फलफूल राखेर । अबदेखि भरतपुर नगरपालिकाले सडकपेटीमा फलफूल बेच्न कुनै पनि हालतमा नदिने भनेर उर्दी नै जारी गरेको छ । बेच्नेहरुको सामानै गाडीमा हालेर लगिसकेको छ । अब हामी के गर्ने, मर्ने कि बाँच्ने ?”
मधुमेह रोगबाट थलिएकी, कुरा गर्दा पनि स्वाँस्वाँ श्वास फुल्ने, सहिदचोकमै फलफूल बेचेर जहान–बच्चाको आन्द्रामा अन्नपानी भर्दै आएकी चन्द्रकला तामाङको गुनासो पनि सरस्वती हमालको भन्दा कम दर्दनाक छैन । उनी भन्छिन्– “आम्दानीको नाममा यही फलफूल बिक्री हो । यो बेच्न नपाएपछि हाम्रो परिवार त खोप्रामै मर्ने भो । हामी गरिब र निमुखाहरुको पक्षमा बोलिदिने कोही भएन । यो व्यवसाय यहाँ नगर भन्ने हो भने कहाँ गर्ने हो, त्यो ठाउँ त देखाइदिन प¥यो नि ।” अर्की पार्वती केसीको त गुनासो मात्रै होइन, डरलाग्दो आक्रोश पनि छ । “यदि यो देशमा भगवान् छन् भने त्यो नगरपालिकाको घुसिया हाकिमको घूस खाएको सम्पत्ति सरकारले क¥यापच्याप पार्ने दिन चाँडै आओस् । मेरा दुई सन्तानको आँसुको श्राप लाग्छ त्यो बजियालाई, हामीलाई गरिखान नदिने बजियाको सत्यानाश होस् ।”
कसैले शालीन पाराले आफ्ना दुःखका कथाहरु भन्लान्, कसैले कडा शब्दहरु प्रयोग गर्लान् । यो नौलो विषय होइन तर संवेदनशील विषय भने हो । फलफूल बेचेर आफू पालिएर आफ्ना लालाबालाको पेट भर्दै आएका प्रायः सहिदचोकमा भेटिने यी महिलाहरु आज किन यो रुपमा यसरी दुःख पोखिरहेका छन् ? के यिनीहरुमाथि साँच्चै नै अन्याय भएको हो ? यदि हो भने न्याय हुनुपर्छ कि पर्दैन ? न्यायका लागि यिनले बोल्न सकेनन्, राजनीतिक दलका ढोका ढकढक्याउन पार्टी अफिसहरु कहाँ–कहाँ छन् भन्ने यिनले थाहा पाएनन् भन्दैमा यिनले भोकै बस्न पर्ने हो ? न्यायका लागि आन्दोलन गर्नका लागि दसौँ हजारको जुलुस प्रदर्शन गर्न नसक्ने स्थिति भएकैले हो, यिनको मागप्रति सम्बोधन नगरिएको ? मानवअधिकारवादीहरु कहाँ बस्छन् ? कार्यालय र तिनको सम्पर्क नम्बर यिनलाई थाहा छैन भनेरै हो यिनीहरुको यो तरिकाले बिचल्ली हुन लागेको ?
राज्यको दायित्व हो, हरेक नागरिकलाई बिनाभेदभाव सहयोग गर्ने । तर, यी बिचराहरुको स्वनिर्माण जागिर खोसिएको छ । यिनलाई नेपाल सरकारले जागिर दिएको होइन । नियमले जागिर दिनुपर्छ, जागिर दिन नसके बाँच्नेसम्मको भत्तास्वरुपको रकम उपलब्ध गराउनुपर्छ । संसारका सबै देशहरुमा यही नियम छ । कुनै पनि मान्छेलाई भोकै मार्न पाइँदैन । एउटा बच्चाको हातमा भएको छुरी त्यो बच्चाको हातबाट छुटाउन जबर्जस्ती गरियोे भने बच्चा रून्छ, बिच्किन्छ । बच्चालाई पनि बिच्क्याउन पाइँदैन र त्यो छुरी बच्चाको हातबाट छुटाउन छुरीको सट्टा अर्को कुनै
चीज वा खेलौना दिएर मात्रै छुरी छुटाइन्छ । यहाँ त यी फलफूल व्यवसायी सीधासादा महिलाहरुलाई बच्चाको हातबाट छुरी हटाउने प्रक्रियाजस्तो सामान्य प्रक्रिया पनि लागू गरिएन । अर्थात्, फलफूल व्यवसायी महिलाहरुलाई सहिदचोक एरियाबाट बाटो साँघुरो भएको, दुर्घटना बढ्नुको कारण भएको जस्ता विषय उठान गरेर हटाउन खोजिएको भए उद्देश्य ठीक छ, फराकिलो छ तर प्रक्रिया गलत तरिकाले अवलम्बन गरियो । नचाहिँदो भीडभाड सहरको माझमा हुनु कदापि राम्रो होइन । नगरपालिकाले सहर कुरुप भएको जस्ता तर्क पेश गरेर सहर सफा राख्नेजस्तो योजना लागू गर्न यो तरिका अपनाएको पनि हुन सक्छ ।
नगरपालिकाको योजना आफ्नै ढंगले ठीक पनि होला, तर यी महिलाहरुलाई नारायणगढ सहिदचोकको सडकपेटीमा फलफूल नबेच भन्नेले कहाँ गएर बेच्ने वा के गर्ने भन्ने उपाय बताइदिनु अनिवार्य थियो । फेरि, ती महिलाहरुलाई फलफूल बेच्नुको सट्टा हरिया तरकारी बेच्नका लागि प्रोत्साहन दिएको भए पनि हुन्थ्यो, जहाँ तरकारी बजारका लागि नगरपालिकाले स्थान सुरक्षित गरिदिएको छ । यदि त्यो पनि गर्न सकिन्न भने भरतपुर नगरपालिकाभित्र थुप्रै खाली जग्गाहरु छन् । तीमध्ये कुनै एक स्थान छनौट गरेर खुद्रा फलफूल व्यवसायका लागि भाडा तिराउन मिल्ने गरी स्थान तोकिदिन पनि सकिन्थ्यो । नगरपालिकाले यति सामान्य काम पनि नगरी सीधै यी महिला र यिनको परिवारको अन्नपानी खोस्ने काम गरेको छ, यो एउटा अपराधबाहेक केही होइन ।
धन हुनेहरुले सुन्दर सहरको कल्पना गर्नु पाप होइन, कल्पना गर्न पाउनुपर्छ । नगरपालिकाले धनीहरुको सपना साकार पार्न भूमिका खेल्न नहुने पनि होइन । नामै त नगरपालिका, गाविस भए बेग्लै कुरा । नामले पनि भन्छ– नगरपालिकाको काम सहरहित हो । तर यति भन्दैमा सोझा, निमुखा नेपाली नागरिकहरु, त्यसमाथि महिलाहरुलाई अलपत्र पार्नु कुनै कोणबाट पनि जायज होइन । नेपाली नागरिक समाजमा एक पुरूषले कमाउने, तमाम महिलाहरुले  काम नगरी बसीबसी र सुतीसुती खाने अवस्थालाई चुनौती दिँदै तातो घाममा सेकिएर आफैँ मेहनत गरी पसिना बगाएर परिवार पाल्ने महिलाहरुलाई प्रशंसा गर्नुपर्छ । काम गर्दा लाज हुन्छ, बेइज्जत हुन्छ भनी फोस्रा गफ दिने कथित शिक्षित महिलाहरु समेतलाई कामकै माध्यमद्वारा चुनौती दिनेहरुलाई हौसला दिनुपर्छ, कुनै पनि हालतमा हतोत्साहित गर्नुहुँदैन ।
उसै त, ती गरिब महिलाहरु, यिनलाई थरीथरीका आपत् छ । सक्नेले नसक्नेलाई सहयोग गर्ने हो र आपत्बाट बाहिर निकालिदिने हो, न कि आपत्माथि आपत् थपिदिने । त्यस कारण पनि भरतपुर नगरपालिकालाई नेतृत्व दिइरहेका नारायण सापकोटाले यिनलाई बाटो देखाइदिने कामचाहिँ गर्नैपर्छ । फलफूल बेचेर जीवनयापन गर्न चाहने महिलाहरुप्रति सकारात्मक बन्नैपर्छ । नारायण सापकोटाले बुद्धि पु¥याए “साँप पनि मर्ने, लट्ठी पनि नभाँचिने” अवस्था आउन सक्छ । सहर सफा राख्ने, दुर्घटना कम गर्ने उपायको साथमा गरिब महिलाहरुको उद्धार पनि हुनसक्छ । तर, यदि उनी निर्दयी भए भने सहर सफा त होला, दुर्घटनामा कमी पनि आउला तर गरिबको आँसुले भने यिनलाई लामै समयसम्म भत्भती पोलिरहने छ, आगे नारायण सापकोटाको मर्जी ।
¨¨

Related Posts

नवलपुरका फरार २३ अभियुक्त पक्राउ

अनुसन्धानका तीन आँखा र नागरिक कर्तव्य

अनुसन्धानका तीन आँखा र नागरिक कर्तव्य

शरीरमा नुनको आवश्यकता र मात्रा असन्तुलनमा देखा पर्ने असर

विद्यार्थी परामर्शका प्रमुख विषय [लक्ष्मणरेखा]

विद्यार्थी परामर्शका प्रमुख विषय [लक्ष्मणरेखा]

Discussion about this post

अन‌ि यो पनि

छतबाट लडेर एक विद्यार्थीको मृत्यु
समाज

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको...

Read more
अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

खोपले काम गरेन, भटाभट मरे कुखुरा

खोपले काम गरेन, भटाभट मरे कुखुरा

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

नारायणगढ–बुटवल सडक : निर्माण भए २२ कल्भर्ट

नारायणगढ–बुटवल सडक : निर्माण भए २२ कल्भर्ट

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In