ADVERTISEMENT
१० बैशाख २०७८, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० बैशाख २०७८, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

रत्नमन्दिरका आत्मीय पाहुना

by चितवन पोष्ट
२०७१ जेष्ठ २, शुक्रबार ०१:५० गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

स्वयम्भुनाथ कार्की
‘मेरो एउटा सानो घर बनेको छ, फेवातालको किनारामा । त्यहा“ तपाईं जानुप¥यो, मस“गै बस्नुपर्छ अलि दिन मेरो पाहुना भएर भनेर राजाले भने ।’ राजाको यो निम्तो बीपी दम्पतीलाई थियो । परिच्छेद ४७ को आधाभन्दा धेरै भाग बीपीले रत्नमन्दिरको आफ्नो अनुभवको वर्णन गर्न खर्च गरेका छन् । राजारानीले देखाएको यो आत्मीयता नक्कली पटक्कै थिएन, बरू यो त बीपीसँग घनिष्टता बढाउन गरिएको एक इमानदार प्रयास थियो । पोखरा एयरपोर्टमा बीपीलाई लिन राजाको मिलिटरी सेक्रेटरी पुगेका थिए । बंगलामा पुग्दा पोर्टिकोमा राजारानी उनको स्वागतमा खडा थिए । बीपी प्रधानमन्त्री पनि भएका थिएनन्, तैपनि बीपीको विद्वता र व्यक्तित्वप्रति राजदम्पतीको यो सम्मान थियो ।  बीपी एक्लै पुगेको देखेर रानी गुनासो गर्छिन्– ‘खोइ त, सुशीलाजी आउनुभएन छ । हामीलाई थाहा थियो ।’
दक्षिण भारतबाट बेतको पलङ, कुर्सी र ड्रेसिंग टेबुलहरु ल्याइएको थियो । एक पाहुनाको निमित्त जति आवश्यक हुन्छ, त्यति कुराको सादा तर भव्य प्रबन्ध रानीेबाट भएको थियो । बीपीलाई उनी बस्न तैयार गरिएको कोठा स्वयं महारानी रत्नले नै देखाइन् । त्यस रत्नमन्दिरमा राजा महेन्द्र बीपीलाई भन्छन्, ‘मेरो निजी पाहुना तपाईं मात्रै हो, मेरो कोही निजी पाहुना भएनन् ।’ यो निजी पाहुनालाई खाना बडामहारानी आफ्नै हातले बनाउँछिन् । पिर्कामा बसेर एउटा मध्यम वर्गकी स्वास्नीमान्छेले जस्तो साधारण खास्टो ओढेर तरकारी केलाउने, काट्ने गरेको बीपी आफैँ भान्सामा पसेर हेर्छन् । बीपीलाई देखेर उनी भन्छिन्, ‘तपाईंलाई कस्तो कुरा मीठो लाग्छ ?’ महेन्द्रलाई बीपी फर्माइस गर्छन्, ‘सरकारले संगीतको ट्रेनिङ पनि लिएको छ, एक दिन गाना पनि सुन्न मन लागेकोे छ ।’ त्यो फर्माइस पूरा गरिदिन्छन् माथिल्लो तलामा संगीतका सामानहरु भएको कोठामा लगेर, महारानीले सर्व गरेको ड्रिंकसँगै मात्र दुई जना बसेर ।
रत्नमन्दिरमा महेन्द्रले आफ्नो बाल्यकालको एकांकीपन, आसपास आउनेबाट आफूले केही सिक्न प्रयत्न गरेर अलिअलि सिकेको कुरा सबै कुनै पर्दा नराखी बीपीसँग खोल्छन् । बीपीले कामु, सात्र्र पढ्ने कुरा गर्दा महेन्द्र भन्छन्, ‘अह“, मैले कामु पढेको छैन, सात्र्र पढेको छैन । र, मैले अलिकति हिन्दीका साधारण किताबहरु हेरेको छु । त्यसो हुनाले मैले पढ्ने मौका कहा“ पाए“ र ?’ हुन पनि हो, राणाहरुको बन्दीजस्तो प्रबन्धमा बसेका युवराजलाई पिँजडाको सुगालाई जस्तो नियन्त्रित कुराहरुबाहेक अरु कुरा पनि सिक्न दिए राणाहरुको शासनलाई हानि हुनेथियो । बीपीले त भारतमा निर्वासित जीवलमा थुप्रै पढ्ने परिस्थिति पाएका थिए, राजनीतिक क्रियाकलापमा संलग्न थिए । विश्व समाजवादी आन्दोलनका मुख्य मान्छेहरुमध्ये एक थिए । उनको यो योग्यताको सामुन्ने महेन्द्रको सिक्ने, जान्ने प्रबल इच्छा भएर पनि राणाहरुको नियन्त्रणमा बिताएको जीवनमा सिकेका कुराहरु सामान्य कुराबाहेक केही थिएन ।
रत्नमन्दिरको यो बसाइँ त राजाकोे बीपीसँग पारिवारिक मित्रता जोड्ने र सँगै मिलेर काम गर्ने वातावरण तैयार गर्ने एक असफल प्रयत्न मात्र थियो । तर, बीपी हमेसा राजाबाट सशंकित भइरहे । उनका अवचेतन मनले राजासँगभन्दा ज्यादा नेहरूसँग खुल्न प्रेरित गरिरह्यो । यो कुराको प्रमाण आत्मवृत्तान्तभरि छरपस्ट देखिएका छन् । रत्नमन्दिरको त्यो बसाइँमा राजदम्पतीको व्यवहारबारेमा बीपी भन्छन्– ‘कोही भन्छन्, त्यो देखावा हो । मलाई लाग्दैन, त्यो देखावा थियो । किनभने, मैले राजाको मनस्थिति बुझेको थिएँ ।’ राजाले आफूसँग गरेका निजी कुरा, आफ्ना कमजोरीका कुराहरु अरु कसैसँग पनि गरे होलान् जस्तो बीपीलाई लागेको थिएन । आफ्नो र राजाको यस्तो अन्तरंग सम्बन्ध हु“दा पनि बीपीले त्यसबीचमा त¤वले त्यो सम्बन्ध बिगारेको हुन सक्ने शंका व्यक्त गरेका छन् ।
अझ आफ्नो अन्तर्राष्ट्रिय मान्यता बढेकोमा राजालाई डर लागेको होला भन्ने अड्कल गरेका छन् । महेन्द्रको आत्मीय सम्बन्धका निमित्त बढेको हातलाई बीपीले आफूलाई समाप्त पार्न बढेको हातका रुपमा किन बुझे भन्ने कुराको अनुसन्धान गर्ने हो भने के–कस्ता कुरा निक्लेलान्, त्यसको अनुमान कठिन नै त छैन । यस प्रसंगमा राजाको अमेरिका भ्रमणको एउटा कुरा यहा“ उल्लेख गर्न आवश्यक हुन्छ । राजाको स्वागत गर्न अमेरिकी राष्ट्रपति एयरपोर्टमा नै आए । यसलाई बीपीले परिच्छेद ६२ मा भनेका छन्, ‘आइसनहावर एयरपोर्टमा नै स्वागत गर्न आयो । जाडो असाध्यै थियो । बल्लतल्ल ऊ आएछ । उसको समस्या थियो, जाडोमा स्ट्रोक हुने डर र पछि त उसलाई भयो पनि । सम्भवतः त्यस जाडोले नै पछि त्यसलाई स्ट्रोक भयो ।’ यसरी उनले अमेरिकी राष्ट्रपतिलाई स्ट्रोक हुनुमा राजा महेन्द्रको दोष देखाएका छन् ।
रत्नमन्दिरका यी आत्मीय पाहुनाले परोक्ष रुपमा राजासँग एक प्रकारको द्वेषभाव राखेको महसुस हुन्छ । प्रत्यक्ष वा परोक्ष रुपमा उनी राजालाई राणाहरुले जुन स्थानमा राखेका थिए, त्यही स्थानमा बस्न जोड गरिरहेका हुन्थे । महेन्द्र आफू त्यस्तो खोपाको स्याउ भएर बस्न तैयार थिएनन् । सम्भवतः आफ्नो यही भावना बीपीले बुझून् र दुवै साथ मिलेर काम गरौँ भन्ने भावना उनमा हु“दो हो । बीपीको सामुन्ने कसैले पनि उनको धारणाको विपरीत जाने साहस गर्दैनथ्यो । यदि कोही गइहाल्यो भने त्यो नेपाली कांग्रेसबाट नै बाहिर हुन्थ्यो । यसका अनेकौँ उदाहरण आत्मवृत्तान्तमा पाइन्छन् । त्यसैले, आफूले सोचेको कुरा गलत पनि हुन सक्छ भन्ने सोच्ने बीपीको बानी नै परेन । राजाको यो आतिथ्य बीपीले उनकै शब्दमा ‘त्यसमा केही अनुराग र द्वेषको मिश्रित सम्बन्ध थियो ।’ राजालाई आफूसँग द्वेष भएको भए आफूलाई फकाउन यो प्रयत्न गर्नुपर्ने आवश्यकता नै थिएन भन्ने त्यसबेला उनले बुझेनन् ।
कसै गर्दा पनि सहकार्य नहुने भएपछि राजाले प्रस्ट रुपमा भने, ‘त्यसोभए त विश्वेश्वर बाबु, तपाईं र ममध्ये एक जना रहनुप¥यो । या त तपाई चलाउनुस् म छेउ लागिदिन्छु, या तपाईं छोडिदिनुस् म चलाउँछु ।’ यसको उत्तरमा बीपीले भने ‘त्यो पनि मलाई मञ्जुर छैन ।’ सायद, बीपीलाई लागेको थियो होला, यो अवस्थामा राजासँग मैले जे भन्यो त्यो गर्नबाहेक अन्य विकल्प छैन । सत्र सालको कदम चाल्ने बेलामा राजाले अन्तिम पटक दिएको यो चेतावनीलाई बीपीले कसरी बुझेनन्, त्यो अनौठो लाग्दो विषय छ । यसबाहेक, विभिन्न व्यक्तिहरुले बीपीलाई राजाले केही गर्छन् भनेर भनेका पनि थिए, अब राजाले केही कदम लिन्छन् भन्ने हल्ला पनि व्यापक थियो । तर, आफ्नो अन्तर्राष्ट्रिय ख्यातिले बीपी ढुक्क थिए, राजाले यस्तो कुनै हिम्मत गर्ने छैनन् । यो नै उनको गलत बुझाइ भयो । आठ वर्ष कारावासपछिको अर्को आठ वर्ष उनले स्वनिर्वासनमा बिताउनुप¥यो । सत्र सालको कदम राजाले धोकापूर्ण तरिकाले चालेका थिए भन्ने कुरालाई यसले नकार्छ । त्यो चेतावनी दिएर पर्याप्त मौका दिएर चालिएको कदम थियो ।

Related Posts

स्ट्रबेरी फल : एक चर्चा

कोरोना जोखिममा नेपाल, भारत र भावी परिणाम

स्ट्रबेरी फल : एक चर्चा

स्ट्रबेरी फल : एक चर्चा

यौन शिक्षा र विद्यालय

यौन शिक्षा र विद्यालय

Discussion about this post

अन‌ि यो पनि

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि
प्रमुख समाचार

थप दुई हजार ४२८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप दुई हजार ४२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा...

Read more
टी–ट्वान्टी क्रिकेटमा नेपालद्वारा मलेसिया पराजित

टी–ट्वान्टी क्रिकेटमा नेपालद्वारा मलेसिया पराजित

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

सामाजिक समावेशीकरणका लागि कार्यदल

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

Chitwan Post

औद्योगिक क्षेत्रमा ४८ प्रतिशत वैदेशिक लगानी

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In