डा. केसीलाई उपचारका लागि काठमाडौँ पठाइयो

अन‌ि यो पनि

कर्णाली । जुम्लामा आठ दिनदेखि अनसनरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

तीन दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत डा केसीलाई सोमबार समिट एयरबाट जुम्लादेखि काठमाडौँ पठाइएको प्रतिष्ठान अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिए । “डा. केसी आफैँ काठमाडौँ जान मञ्जुर भएपछि हामीले पठाएका हौँ”, उनले भने, “उहाँको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर प्रतिष्ठानका डा प्रविणलाई साथमा पठाएका छौँ ।”

पन्ध्रौँ सत्याग्रह जुम्ला बस्नुभएका डा केसी उन्नाइसौँ सत्याग्रह पुनः जुम्लामै गरेका थिए । डा. केसीले भने दुई वर्षअघि जुम्ला प्रतिष्ठानमा भएको हिंसात्मक घटना पुनः नदोहोरियोस् भनेर काठमाडौँ जाने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । काठमाडौँ पुगेपछि भने सत्याग्रह जारी राख्ने उनले बताए । रासस

प्रतिकृया

मुख्य समाचार

परीक्षण कम हुँदा सङ्क्रमितको संख्या घट्दो, १२८ सङ्क्रमित थपिए, ९३ सङ्क्रमणमुक्त

भरतपुर । चितवनमा पछिल्लो हप्ता कोरोनाको परीक्षण कम भएको देखिन्छ । जेठ ३१ गते ७५० जनाको परीक्षण भएकोमा त्यसपछि...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया