मृतकको शव आफन्तलाई बुझाइयो, दोषीलाई ज्यान मुद्दा

अन‌ि यो पनि

नवलपरासी । आफ्नै ससुरालाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने कावासोती १५ शेरगञ्ज निवासी ३१ वर्षीय सुभाष जर्गा मगरलाई ज्यानसम्बन्धी मुद्दा चलाइएको नवलपुर प्रहरीले जनाएको छ । पूर्वी नवलपरासीको कावासोतीमा धरिलो हतियार खुर्पा प्रहार गरी ज्वाईले ससुराको हत्या गरेका थिए ।

कावासोती नगरपालिका १५ शेरगञ्ज निवासी ३१ बर्षीय सुभाष जर्गा मगरले आफ्नै ससुरा ७५ बर्षीय विष्णु राईको हत्या गरेका हुन् ।

खुर्पा प्रहारबाट गम्भीर घाइते भएका ससुरा राईलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याइएकोमा उनको आइतबार राति नै उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

खुर्पा प्रहार गर्ने ज्वाई प्रहरी नियन्त्रणमा रहेका छन् । मृतकको शव पोस्ट मार्टम गरी आफन्तको जिम्मा लगाइएको छ भने आफन्तले उनको शव धार्मिक संस्कारअनुसार अन्त्यष्टि गरिएको छ ।

आपसी घर झैझगडा सधैँ भइरहेने र आइतबार राति पनि घर झगडा भएको बेला मादक पदार्थ सेवन गरेर ससुरालाई खुर्पा प्रहार गरेका थिए ।

पक्राउ परेका मगरलाई मुलुकी अपराध संहिता २०७४ भाग २ परिच्छेद १२ को ज्यानसम्बन्धी कसुर अनुसार कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

 

प्रतिकृया

मुख्य समाचार

खोप ल्याउने छलफल मात्रै हुँदा मन्त्रीको दाबी-‘खोप ल्याएर चमत्कारी देखाउँछौँ’

काठमाडौँ ११ असार । सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने निर्णय गरेको छ। शुक्रबार स्वास्थ्य...

धेरै पढिएको

अन्य समाचार

परनिर्भरताको दलदल !

प्रतिकृया