६ महिनापछि आजबाट आन्तरिक उडान सुरु

अन‌ि यो पनि

भरतपुर । ६ महिनापछि पहिलो पटक सोमबारबाट आन्तरिक उडान सुरु भएको छ। सरकारले आन्तरिक उडानको लागि अनुमति दिएपछि चितवनको भरतपुर विमानस्थलमा पनि सोमबार चारवटा उडान हुँदैछ।

भरतपुर विमानस्थल प्रमुख योगेन्द्र कुँवरका अनुसार सोमबारदेखि बद्ध एयरका दुईवटा र यति एयरका दुईवटा गरी चारवटा उडान हुनेछन्। स्वास्थ्यमन्त्रालयले दिएको निर्देशनअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेरै यात्रु ल्याउन लैजाने गरिएको उनले बताए।

काठमाडौँबाट आएको पहिलो उडानमा आधा यात्रु आए पनि भरतपुरबाट काठमाडौँ जाने उडानमा भने यात्रु भरिएको उनले बताए। सार्वजनिक बसमा जस्तो आधा यात्रु बोक्ने र भाडा बढी लिने भन्ने निर्णय नभएको हुँदा यात्रु भएको खण्डमा विमानको पूरै सिट क्षमता भरिने गरी उडान गर्न मिल्ने उनको भनाइ छ। भाडमा पनि सामान्य अवस्थामा जस्तै समान भाडा लिने गरेका छन्।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया