भरतपुर । पर्यटकीय नगरी सौराहामा जारी गैंडाकप फुटबलको बुधबारको खेलमा भरतपुर फुटबल क्लब विजयी भएको छ । गोर्खा व्वाइज क्लब बुटवललाई ट्राईवेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै भरतपुर विजयी भएको हो ।
निर्धारित समयमा बुटवलले १ गोल गरे पनि अतिरिक्त समयमा भरतपुरले १ गोल फर्काएपछि खेल ट्राईवेकरमा धकेलिएको थियो । प्रतियोगिताअन्तर्गत आज बिहीबार क्वाटरफाइनल खेलमा भरतपुर फुटबल क्लब र स्टार स्पोर्टस् क्लब गर्दी माडीबीच प्रतिस्पर्धा हुने आयोजक सौराहा युवा समाजका सचिव ईश्वर रानाले जानकारी दिनुभयो । १२ टिम सहभागी प्रतियोगिता जेठ ५ गतेसम्म चल्नेछ ।
Discussion about this post