प्रयोग सामग्रीको व्यवस्थापन नहुँदा अर्को महामारीको खतरा !

अन‌ि यो पनि

कोरोना भाइरस कोभिड–१९ ले अहिले विश्वजगत् नै आक्रान्त छ । नेपाल पनि यसबाट अछूतो रहन सकेन । कोरोनाको सङ्क्रमण फैलिएसँगै मास्कलाई अनिवार्य बनाइएको छ । यदि कोही व्यक्ति मास्क नलगाई हिँडेमा जरिवानासमेत हुने गर्दछ । तर, यही मास्कले पारेको नकारात्मक प्रभावका बारेमा कसैको ध्यान पुगेको छैन । कोभिड–१९ का बेला प्रयोग गरिएका व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) प्रदूषणको एक नयाँ रुप भएको छ । अनिवार्य प्रयोग गर्नुपर्ने मास्कलाई उचित व्यवस्थापन गर्नतर्फ ध्यान नदिँदा अर्को महामारी निम्तिन सक्ने खतरा बढेको छ ।
एकातिर कोभिड–१९ को सुरक्षाका लागि एकल प्रयोग (एकपटकमात्रै प्रयोगमा आउने) गरिएको प्लास्टिकका फोहोरले वातावरणमा असर गरिरहेको छ भने अर्कोतिर क्वारेन्टाइनले अधिक व्यक्तिहरुलाई अनलाइन कारोबारतिर आकर्षित गरेको छ, जसको नतिजा अधिक फोहोरको परिमाण बढेको छ । अझै मेडिकल फोहोरले त विशाल रुप लिँदैछ । मास्क, रबरका पन्जा (ग्लोब्स), स्यानिटाइजरका बोतल, यत्रतत्र छरिएको पाइन्छ, यसको उचित व्यवस्थापनमा कसैको ध्यान पुगेको छैन । हो, हामी सुरक्षित हुनु अवश्य पर्छ तर हामीले उत्पादन गरेको फोहोरको उचित व्यवस्थापन गर्नु पनि अति जरूरी छ ।
कोभिड–१९ को सुरक्षाका लागि एकल प्रयोग मह¤वपूर्ण उपकरण हो, जसले रोग फैलन कम गर्न सक्छ । विशेषगरी, जब समुदायमा सबैलाई प्रयोग गरिन्छ तब यसको जोखिम बढ्छ । यो रोकथामको सट्टा जोखिम न्यूनीकरणका लागि हो । मास्क, मेडिकल मास्क वा सर्जिकल मास्क अहिले १० देखि २० रूपैयाँमा जताततै पाइन्छ । सस्तो, सजिलो र सुलभ भएकाले यसको प्रयोग बढेको छ, साथै यसले धूलो र धूवाँबाट पनि बचाउँछ । साधारण तरिकाले हेर्ने हो भने पनि नेपालको हाल जनसंख्या करिब ३ करोड छ, यदि हरेक व्यक्तिले एउटामात्रै मास्क लगाउने हो भने दिनमा करिब ८२६.५ टन मास्क प्रयोग हुन्छन् । तीमध्ये केहीको उचित व्यवस्थापन गरिन्छ होला, तर धेरैजसो जथाभावी फालेकै पाइन्छ । दिनमा करिब १०० देखि २०० टन जहाँतहीँ फालिन्छ । यी मास्क पोलिप्रोपाइलिनले बनेको हुन्छ र यो सड्न कम्तीमा पनि २० देखि ३० वर्ष लाग्छ । मुख्य जोखिम त अझ अस्पताल वा कोरोनाका बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिले प्रयोग गरेका मास्क हुन्छन् । यसले अरु सरूवा रोग जस्तैः क्षयरोगका साथै ब्याक्टेरिया र फङ्गल (ढुसी) सङ्क्रमणका रोग पनि सार्न सक्छ । अझै सफाइ कर्मचारी, सफाइ अभियन्ताहरुलाई प्रत्यक्ष असर पर्छ । एकपटक प्रयोगमा आएको मास्क कि त कीटनाशक औषधिद्वारा निर्मूलीकरण गरेर वा कम्तीमा पनि १० फिट गहिरो खाल्डोमा गाडेर व्यवस्थापन गर्नुपर्छ ।
नेपालमा जब जब मौसमी फ्लू देखिन्छ र मानवीय क्षति हुन्छ तब तब मास्कको प्रयोग गर्ने गरेको पाइन्छ । तर, श्वासप्रश्वाससँग सम्बन्धित समस्याको जटिलताको कारणले बिरामी अस्पताल भर्ना हुनुपर्ने चाप बर्सेनि बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाउँछ । सरकारले मास्कको प्रयोग अनिवार्य गरेता पनि यसको उचित व्यवस्थापन गर्न सिकाएको छैन । त्यसैले, यस्तो फोहोरको उचित व्यवस्थापन गर्न जरूरी छ । यसका लागि ठाउँठाउँमा मास्क, पन्जा, स्यानिटाइजरका बोतल फाल्ने छुट्टै डस्टविनको व्यवस्था गर्ने र पछि निश्चित ठाउँमा उचित व्यवस्थापन गर्नुपर्छ ।
कोरोना भाइरस श्वासप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । कोभिडले समाजका हरेक तह र तप्कामा प्रभाव पारिरहेको छ । व्यापार व्यवसाय ठप्प छ । दैनिक ज्याला मजदुरी गरेर खानेहरु अझ बढी समस्यामा छन् । कोरोनाको कारण कम व्यक्तिहरु यात्रा गरिरहेका छन् । साथै, औद्योगिक गतिविधिहरु कम भएका छन्, जसले कार्बन उत्सर्जनमा अस्थायी गिरावट देखिएको छ ।
हाल कोरोनाको विशेष औषधि छैन, त्यस्तै, खोपको विकास पनि भइसकेको छैन । उपचारका लागि आइसियू÷भेन्टिलेटर सबै सङ्क्रमितलाई बचाउने अचुक प्रविधि र उपाय होइन । पिसिआर परीक्षण रोग पहिचान गर्ने विधि हो र यसको मद्दतले रोग नियन्त्रण गर्ने, योजना बनाउनमा सहज गरिदिनेमात्रै हो । तसर्थ, मृत्युदरलाई कम गर्न हामीसँग हाल कोरोना सङ्क्रमण रोक्ने उपायहरु अवलम्बन गर्नुबाहेक अरु विकल्पहरु छैनन् । नेपालमात्रै होइन विश्वसँग पनि कोरोनाको मृत्यु छल्नका लागि यिनै उपायहरुमा निर्भर रहनुपर्ने बाध्यता छ । युरोप, अमेरिका र भारतमा जनस्वास्थ्यका मापदण्डहरु राम्रोसँग अनुसरण नगर्दा कोरोनाको भयावह स्थिति सिर्जना भएको सर्वविदितै छ । व्यक्तिगत दूरी कायम गर्ने, सही तरिकाले मास्क लगाउने, साबुनपानीले हात धुने र हावा आवतजावत भएको कोठाको मात्र प्रयोग गर्नु नै कोरोना सङ्क्रमणबाट बच्ने मुख्य उपायहरु हुन् ।
नेपाल सानो भएर पनि विश्वमा एउटा सुन्दर मुलुकका रुपमा चिनिन्छ । नेपाललाई सुन्दरताको खानीका रुपमा स्थापित गर्न तीन त¤वको विशेष भूमिका रहेको छ– पहिलो भौगोलिक, दोस्रो प्राकृतिक र तेस्रो यहाँको सांस्कृतिको विविधता हो । भौगोलिक दृष्टिकोणबाट नेपाल अति नै सुन्दर मुलुकका रुपमा विश्वमा परिचित छ । यहाँको भौगोलिक बनावट आफैँमा सौन्दर्ययुक्त छ । हिमाल, पहाड, तराईको भौगोलिक अवस्थाले नेपालका जनताले तीनै भूभागको परिवेशलाई महसुस गर्न सक्छन् । नेपाल प्राकृतिकरुपमा धनी मुलुकका रुपमा विश्वमा चिनिन्छ । नेपालका वनजंगलहरुले, खोलानालाहरुले यहाँको सौन्दर्यतामा सुनमा सुगन्ध थपिदिएका छन् । चारैतिर हरियाली वनजंगलले नेपाली वातावरणलाई मनमोहक बनाउँछ । त्यसैले भनिन्छ, हरियो वन नेपालको धन । नेपालको ६ हजार नदीनालाले नेपाल भूमिलाई सिंचाइ दिएर सिञ्चित गरेको छ । नेपाली भूमिको उर्वराशक्तिलाई बढाइदिएको छ । जलस्रोतको धनी मुलुक नेपालले जलविद्युत्को प्रचुर सम्भावना बोकेको छ । नेपालको सुन्दर पक्ष वा त¤व भनेको यहाँको प्राकृतिक स्रोत हो । समय रहँदै हामीले फोहोरको उचित व्यवस्थापन गरेनौँ भने यी फोहोरले हाम्रो देशको सुन्दरतालाई कुरुप बनाउँछन् । नदीनालामा मिसिएर यस्ता फोहोरले प्रदूषण बढाउन टेवा पु¥याउँछन् ।
कोरोना भाइरस नेपालमा तीव्र गतिमा फैलँदै गर्दा यसको सङ्क्रमणबाट बच्न अहिलेका लागि सबैभन्दा मह¤वपूर्ण आवश्यकता भनेको मास्क नै हो, तर यसको प्रयोग गरिसकेपछि सही तरिकाको निर्मूलीकरण पनि उत्तिकै आवश्यक छ । यसो नगर्ने हो भने निकट भविष्यमा हामी यिनै फोहोरको प्रकोपले अर्को महामारीको चपेटामा पर्ने निश्चित छ । त्यसैले, अब सचेत हुन जरूरी छ ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया