ADVERTISEMENT
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सरकारी धनमा कर्मचारीको रजाइँ

by चितवन पोष्ट
२०७१ जेष्ठ १, बिहीबार ०३:२५ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र अधिकारी
भरतपुर । स्वास्थ्य संस्थाहरुमा देखावटी अुनगमन गरेर भए पनि बेलाबखतमा चर्चामा आइरहने जिल्ला जनस्वास्थ्य कार्यालय चितवनमा अनियमितता भेटिएको छ । यस कार्यालयमा कार्यालय कामका लागि राखिएका मोटरसाइकल कर्मचारीहरुले व्यक्तिगत काम र पारिवारिक काममा प्रयोग गरेको पाइएको छ ।
सरकारी सवारी साधनलाई व्यक्तिगत बनाई दुरूपयोग गरेर यहाँका चार जना कर्मचारीले भ्रष्टाचार गरिरहेका छन् । उनीहरुको यस्तो बदनियतपूर्ण काममा कार्यालय प्रमुख केहरसिं गोदारको सहयोग र समर्थन रहेको पाइएको छ । जनस्वास्थ्य कार्यालयमा भएको यस्तो भ्रष्टाचारप्रति प्रशासन बेखबर छ ।
कार्यालयकी परिवार नियोजन सुपरभाइजर सीतामाया दाहालले कार्यालयको नाममा रहेको स्कुटरलाई सेतो नं. प्लेटमा नलेखी रातो नं. प्लेटमा लेखेर राख्नुभएको छ । ना २८ प २४७२ नं. को स्कुटर उहाँले कहिल्यै पनि कार्यालयमा नल्याउने कर्मचारीहरु बताउँछन् । कर्मचारीका अनुसार दाहालसँग सवारी चालक अनुमतिपत्र पनि छैन ।
कार्यालयको काममा प्रयोग नहुने यस स्कुटर नयाँ मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका उनका छोराले कलेज जान आउन प्रयोग गर्छन् । इन्धन भने नियमित रूपमै कार्यालबाट व्यहोर्ने गरिएको समाचार स्रोतले जनाएकोे छ ।
त्यस्तै, कार्यालयका लेखापाल लक्ष्मीकान्त शर्मा सेतो नम्बर प्लेट राख्नुपर्ने कार्यालयको मोटरसाइकलमा निजी हो भन्ने अर्थ लाग्ने गरी रातो नम्बर प्लेटमा ना १६ प ९१७ नं. राखी डेरामा राख्ने गर्नुहुन्छ । सो मोटरसाइकलमा लाग्ने इन्धन खर्च कार्यालयले बेहोर्छ तर शर्माले लगेको सो मोटरसाइकल बीरेन्द्र क्याम्पसमा बिएससी पहिलो वर्षमा अध्ययनरत छोराले क्याम्पस जान आउन र निजी काममा प्रयोग गर्दै आएका छन् ।
दाहाल र शर्मामात्र जिल्ला जनस्वास्थ्यको बजेटमा रजाइँ गर्ने कर्मचारी होइनन् । सरकारी ढुकुटी दुरूपयोग गर्नेमा कार्यालयका खोप सुपरभाइजर गंगाधर पण्डित पनि अगाडि देखिन्छन् । पण्डितले कार्यालयको युनिकर्न मोटरसाइकल विगत १ वर्षदेखि बिना नम्बर प्लेट चलाइरहेका छन् । उहाँले पनि यस मोटरसाइकल कहिल्यै कार्यालय ल्याउनुहुन्न । घरायसी काममा सरकारी मोटरसाइकल प्रयोेग हुने गरेको छ । इन्धन खर्च भने कार्यालयले दिँदै आएको छ ।
जनस्वास्थ्य कार्यालयका अर्का कर्मचारी जो ज्यालादारी कामदारका रुपमा छन्, उनले पनि साधनको दुरूपयोग गरेका छन् । कार्यालयका कम्प्युटर अप्रेटर फिरोज मियाँले कार्यालयको बा १ ब १४४९ नम्बरको यामाहा मोटरसाइकल आफ्नो डेरामा राख्नुभएको छ । दैनिक ज्यालादारी कर्मचारीलाई दिन नमिल्ने साधन दिएर जनस्वास्थ्यले सरकारी नियम र प्रावधानको खिल्ली उडाएको छ । यस मोटरसाइकल पनि कार्यालय प्रयोजनका लागि प्रयोग नहुने कार्यालयका कर्मचारी बताउँछन् ।
मियाँले आफ्नो दस दिनको ज्याला दिने र अन्य आर्थिक चलखेल पनि आपसी समझदारीमा गर्ने गरी कार्यालय प्रमुख केहरसिं गोदारले साधन दिएको बुझिन आएको छ । सरकारी सवारीमा रातो नम्बर प्लेट राखेर निजी काममा प्रयोग गर्ने तर इन्धन भने सरकारकै हाल्ने कर्मचारीको रवैया कहिलेसम्म रहने हो थाहा छैन ।  कार्यालयको मोटरसाइकल व्यक्तिगत स्वार्थ पूरा गर्ने कर्मचारीको हकमा प्रशासनको कारबाही के र कहिलेसम्म रहने हो हेर्न भने बाँकी छ ।

Related Posts

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

Chitwan Post

छतबाट खसेर वृद्धाको मृत्यु

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

Discussion about this post

अन‌ि यो पनि

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
राजनीति

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही...

Read more
सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In