कालिकाको वार्षिकोत्सव भर्चुअल विधिबाट मनाउने

अन‌ि यो पनि

भरतपुर । हरेक वर्ष भव्य कार्यक्रम आयोजना गर्दै आएको चितवनको कालिका एफएम प्रालिले यसपटकको वार्षिकोत्सव भर्चुअल माध्यमबाट मनाउने भएको छ । रेडियोको १८औँ तथा टिभी कालिका एचडीको छैटौँ वार्षिकोत्सव कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट गर्न लागेको हो । हरेक वर्ष महिनाव्यापी कार्यक्रम गर्दै आएको कालिकाले यसपटक पनि इन्टरनेटको माध्यमबाट महिनाव्यापीरुपमै कार्यक्रम गर्ने जनाएको छ ।
कालिका ग्रुपका अध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यसवर्षको वार्षिकोत्सव सूचना प्रविधिको माध्यमबाट मनाउन लागेको जानकारी गराएका हुन् । परिस्थितिका कारण वार्षिकोत्सवलाई भर्चुअलमा सीमित बनाउन बाध्य भएको उनले बताए । विगतमा आयोजना गर्दै आएका कार्यक्रम यसवर्ष रोकिए पनि आगामी वर्षदेखि पुनः निरन्तरता दिँदै जाने उनको भनाइ छ ।
भर्चुअल विधिबाटै भए पनि यसपटकको वार्षिकोत्सवमा १२ वटा कार्यक्रम गर्न लागेको कालिकाले जनाएको छ । असोज ८ गते देवघाटस्थित वृद्धाश्रममा खाना खुवाएर सुरू हुने वार्षिकोत्सव कार्यक्रम असोज २५ गतेसम्म चल्नेछ । फोन, भाइबर कलबाट कालिकाको चौतारीमा कलाकार, स्रोता र दर्शक, ‘कृषिमा आधुनिकीकरण र अवसर’, अपाङ्गता भएका व्यक्तिबीच वादविवाद प्रतियोगिता, वर्तमान अवस्थामा शिक्षा क्षेत्रका चुनौती, समस्या र समाधान विषयक अन्तक्र्रिया, बढ्दै गएको एसिड आक्रमण र सरोकारवालाको भूमिका विषयक अन्तक्र्रियालगायतका कार्यक्रम हुनेछन् । साथै, एसिड आक्रमण रोकथामका लागि आएका सुझाव र छलफलको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पेश गरिने कालिका मिडियाका निर्देशक दीपक पौडेलले जानकारी दिए ।
यस्तै कालिकासँगका यादहरु, अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन, कोभिड–१९ र स्वास्थ्यकर्मीको अनुभव तथा बृहत् अन्तक्र्रिया, अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता, लोकगीत गायन प्रतियोगिता हुनेछन् । विभिन्न प्रतियोगितामा विजेताहरुलाई असोज २६ गते वार्षिकोत्सव समापनको दिन पुरस्कृत गरिने पौडेलले बताए ।
कालिकाले राष्ट्रिय पञ्चैबाजा तथा गन्धर्व बाजा प्रतियोगिता, राष्ट्रिय लोकदोहोरी महोत्सव, कालिका म्युजिक अवार्डलगायतका कार्यक्रमलाई भने आगामी वर्ष निरन्तरता दिँदै जाने बताएको छ । कालिका मिडियाअन्तर्गत विसं २०५९ सालदेखि कालिका एफएम ९५.२ मेगाहर्ज र २०६४ सालदेखि साङ्गीतिक रेडियो प्रसारण गर्दै आएको कालिकाले हाल कालिका एचडी टेलिभिजन र कालिका न्युज डटकमसमेत सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया