ट्याङकरका चालक र सहचालक मुग्लिनमा सकुशल फेला

अन‌ि यो पनि

धादिङ ४ असोज । धादिङको गल्छी गाउँपालिका स्थित पृथ्वीराजमार्गको सुत्केरीढुंगाबाट त्रिशूली नदीमा खसेको ट्याङकरका चालक र सहचालकलाई सकुशल भेटिएका छन । दुर्घटना पछि सम्पर्क विहीन रहेका उनीहरु दुवैजनालाई प्रहरीले चितवनको मुग्निलबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गजुरीको नियन्त्रणमा राखेको छ ।

पृथ्वीराजमार्गको सुत्केरीढुंगामा आइतबार विहान २ वजे तिर दुर्घटना भएको तेल ट्याङकरका चालक र सहचालक दुर्घटना पछि सम्पर्कविहिन भई मुग्लिन पुगेको भेटिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
भारतको बरौलीबाट पेट्रोल लिएर राजधानी काठमाडौं आउँदै गरेको ना ४ ख २८२२ नम्वरको ट्याङकर आइतबार विहान २ बजे दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ ।

रातको समयमा सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदीमा खसेर आगजनी भइरहेको अबस्थामा पेट्रोल ट्याङकर भेटिएपछि स्थानीयबासीले राति नै प्रहरीलाई खबर गरी उद्धारको प्रयास गरेका थिए । रातको समयमा उद्धार हुन नसकेपछि विहान दमकलको सहायतामा आगो निभाएर चालकको खोजी तिव्र पारिएको थियो ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक बिश्वराज खड्काका अनुसार हेटौंडा घर भएका ट्याङकर चालक ३२ वर्षीय सुदीप बोहोरालाई मुग्लिनबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
अचानक स्टेरिङ्ग फेल भई ट्याङकर पल्टिएर दुर्घटना भएपछि आत्तिएर आंफु भागेको चालकले प्रारम्भिक वयान दिएपनि घटनाको अनुसन्धान भईरहेको प्रहरीले प्रनाउ खड्काले जानकारी दिए ।

ट्याङ्करका सहचालक मकवानपुर बसामाडी घर बताउने मनिष नगरकोटी पनि सकुशल रहेको उनलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ । थप अनुसन्धानका लागि दुबैलाई इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको छ । सो ट्यांकरले भारतको बरौलीबाट २० हजार लिटर पेट्रोल थानकोट डिपोमा ल्याउँदै गरेको खुलेको छ ।

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया