अध्यक्ष प्रचण्डले भेटे वामपन्थी नेता

अन‌ि यो पनि

भरतपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार चितवन आएर पुराना वामपन्थी नेताद्वय जगतबहादुर श्रेष्ठ र खम्बसिंह कुँवरलाई भेटेका छन् ।
केही समयदेखि अस्वस्थ्य रहेका श्रेष्ठ र कुँवरलाई अध्यक्ष प्रचण्डले उनीहरुको निवासमा पुगेर भेट गरेका हुन् । भेटमा दुवै जनाको स्वास्थ्य अवस्था बुझेर अध्यक्ष प्रचण्डले शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।
श्रेष्ठ केही दिनअघि घरमै लडेर गम्भीर बिरामी परेका छन् । उनको मस्तिष्कमा रगत जमेको भन्दै अस्पतालले थप उपचार सम्भव नभएको जनाएको परिवारजनले जनाएका छन् ।
अस्पतालबाट डिस्चार्ज गरेपछि श्रेष्ठलाई घरमै अक्सिजन दिएर राखिएको छ । नेता कुँवर लामो समयदेखि प्रोस्टेटको समस्यामा छन् । अध्यक्ष प्रचण्डले दुवै पुराना नेताले कम्युनिस्ट आन्दोलनमा पु¥याएको योगदानको उच्च प्रशंसा गरेका थिए ।

 

प्रतिकृया

मुख्य समाचार

बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिन माग

रत्ननगर । सोमबार जंगलमा निउरो टिन गएकी रत्ननगर-५ मगरटोलकी गीता अधिकारीको बाघको आक्रमणबाट निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया