भरतपुर । बुद्धजयन्तीको अवसर पारेर भरतपुर–१३ आनन्दपुरमा बुधबार बिकलाड्ड नागरिकलाई सम्मान गरिएको छ ।
कार्यक्रममा रामशरण पौडेल, सपना कंडेल, दामोदर दरेल, कृष्ण पौडेल, होमवहादुर सापकोटा, रामवहादुर मगर, शोभिकला भण्डारी सम्मानित भएका थिए ।
समाजसेवी खेमराज तिवारीले बुद्धजयन्तीको अवसर पारेर उहाँहरुलाई सम्मान गर्नुभएको हो । आफूले गरेको सामाजिक कामबाट सबैले सहयोगको भावनाको सुरू गरून् भनेर यस्तो सम्मानको कार्यक्रम गर्दै आएको तिवारीले बताए । सम्मान कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले समाजसेवी तिवारीले गर्दै आएको सामाजिक कामको प्रशंसा गरेका थिए । उनीहरुले समाजसेवी तिवारीले विभिन्न विद्यालय तथा मठमन्दिरलाई सहयोग गर्दै समाजमा उत्कृष्ट सेवाभाव देखाएको बताएका थिए ।
समाजसेवी विष्णु घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दिव्यजोति सामुदायिक भजन मण्डली तथा राधाकृण्ण मन्दिरका सचिव रामहरि थाापा, नेकपा एमाले भरतपुर १३ का अध्यक्ष पूर्णकान्त कोइराला, कल्याणदेवी आमा समूहकी अध्यक्ष श्यामकुमारी श्रेष्ठ, निमावि सानो मंगलपुर व्यवस्थापन समितीका अध्यक्ष हरिमाया प्रधान, मुकुन्देश्वर शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चुडामणि लामिछानेलगायतले बोलेका थिए । दुर्गा आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नु भएको सो कार्यक्रम समाजसेवी तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post