तमू प्ये ल्हु संघ चितवनले खुवायो बेवारिसे नागरिकलाई खाना

अन‌ि यो पनि

नारायणगढ । तमू प्ये ल्हु संघ चितवनले शनिबार बेवारिसे अवस्थामा सडकमा बस्न बाध्य नागरिकलाई एक छाक खाना खुवाएको छ ।
नारायणगढको नदी किनारमा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवनले सुरू गरेको ‘हामी खाना खुवाउँछौँ’ अभियानअन्तर्गत एक छाक खाना खुवाएको संघका अध्यक्ष जगतबहादुर गुरूङले जानकारी दिए ।
संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना कहरका कारण सडकमा आउन बाध्य भएकाहरूलाई खाना खुवाउने कार्यक्रममा सहभागी भएको उनले बताए ।
केन्द्रले विगत ३१ दिनदेखि नदी किनारमा निःशुल्क खाना खुवाउँदै आइरहेको छ । विभिन्न दाताहरूकै सहयोगबाट अहिलेसम्म खाना खुवाउने कार्यक्रम सफल भएको अध्यक्ष सीता कुँवरले बताइन् । सरकारले गर्न नसकेको काममा नागरिकस्तरबाटै सहयोग प्राप्त भएकै कारण सामाजिक काम सफल भएको उनले बताइन् । ‘सरकारको उपस्थिति शून्य भए पनि नागरिकको उपस्थितिमै कार्यक्रम सम्भव भएको छ,’ उनले भनिन् ।
तमू प्ये ल्हु संघ चितवनले समस्यामा परेका मानिसहरूलाई सहयोग गर्दै आइरहेको छ । यसअघि पनि भदौ ३१ गते इच्छाकामना ६ पाँचकिलोका रमेशकुमार गुरूङलाई नगद ४१ हजार रूपैयाँ आर्थिक सहयोग गरेको थियो । भदौ २९ गते राति पहिरोले घर भत्काएपछि विस्थापित भएका गुरूङका परिवारलाई तत्काल आधारभूत आवश्यकता पूर्तिको लागि उक्त रकम सहयोग गरेको हो ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया