रत्ननगर । चितवनको नारायणगढमा केन्द्रीय कार्यालय रहेको लिंक युएसए एजुकेशन कन्सल्टेन्सी सर्भिसेज प्रालिले रत्ननगरमा शाखा बिस्तार गरेको छ ।
शाखाको व्यवसायी दिनेशकुमार चुकेले उद्घाटन गर्नुभएको थियो । कन्सल्टेन्सीले जापान, अष्टेलिया र न्यूजिल्याण्ड जान चाहने विद्यार्थीहरुलाई भाषा सिकाउने र जानको लागि सहजीकरणको काम गर्ने शाखा प्रमुख शोभा तामाङले जानकारी दिनुभयो । सो अवसरमा साहराको घरलाई फर्निचर र स्टेशनरी सहयोग गरियो । कन्सल्टेन्सीका सञ्चालक सोमबहादुर कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञावली, एमाले चितवनका पूर्वसचिव विजय सुवेदीलगायतले बोल्नु भएको थियो ।
Discussion about this post