गजल

अन‌ि यो पनि

मायामा धोका खाएको मान्छे हुँ म

आँसुलाई नै जिन्दगी बनाएको मान्छे हुँ म

लुटाएर आफैँलाई दानी बन्न खोज्दा पनि

दुःख मात्र दुःख पाएको मान्छे हुँ म

मेरो आफ्नै संसार भताभुंग भएपछि

यस्तै रैछ भनी चित्त बुझाएको मान्छे हुँ म

पलपल, हरपल विश्वासघात भएपछि

आफैँसँग मितेरी लगाएको मान्छे हुँ म

नआऊ प्रेमीसँग खुसीको ठाउँ छैन

माया गर्नेलाई यसरी सताएको मान्छे हुँ म

प्रतिकृया

मुख्य समाचार

खोप ल्याउने छलफल मात्रै हुँदा मन्त्रीको दाबी-‘खोप ल्याएर चमत्कारी देखाउँछौँ’

काठमाडौँ ११ असार । सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने निर्णय गरेको छ। शुक्रबार स्वास्थ्य...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया