भरतपुर । जिल्ला शिक्षा कार्यालय, खैरहनी सामुदायिक अध्ययन केन्द्र र खैरहनी नमुना गाउँ विकास समितिको संयुक्त आयोजनामा खैरहनीको नमुना चोक, मझुइमा सञ्चालित दुईवटा कक्षाहरु र सुल्तनामा सञ्चालित चारवटा कक्षाहरुको अवलोकन गरिएको छ । जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माको नेतृत्वमा गरिएको साक्षरता कक्षा अवलोकन कार्यक्रममा चितवनका सहायक जिल्ला शिक्षा अधिकारी भूमिलाल सुवेदी, सामुदायिक अध्ययन केन्द्र खैरहनीका अध्यक्ष गोपाल परियार, खैरहनी श्रोत केन्द्रका श्रोत व्यक्ति सोमनाथ तिवारी, स्थानीय राजनैतिक दलका पार्टी प्रतिनिधि, स्थानीय संघसंस्थाका सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो ।
जिल्ला शिक्षा अधिकारी शर्माले साक्षर चितवन बनाउन आमचितवनबासीको सहयोग अपरिहार्य रहेको बताउँदै निरक्षरहरुलाई साक्षर बनाउन समाजका प्रभूत्व व्यक्तिहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।
खैरहनी क्षेत्रमा सञ्चालित कक्षाहरुको अवस्थाप्रति खुसी व्यक्त गर्दै शर्माले सिकाइका क्रममा नजानेका विषयहरुलाई दोहो¥याएर सोध्न आग्रह गर्नुभयो । यस्तै खैरहनी सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष गोपाल परियारले खैरहनी गाउँ विकास समितिमा सञ्चालित कक्षाहरुमा सर्वसाधारणको सहभागिता उत्साहजनक रहेको बताउँदै साक्षरता कक्षा नियमित रुपमा सञ्चालन भइरहेको बताउनुभयो ।
साक्षरता कक्षामा सहभागी ३ जना अपाङ्ग नागरिकहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको छ
Discussion about this post