संविधान दिवसमा तीन दिन दीप प्रज्ज्वलन गर्न आग्रह

अन‌ि यो पनि

भरतपुर । संविधान दिवसको अवसरमा तीन दिनसम्म साँझ दीप प्रज्ज्वलन गर्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ । आम सर्वसाधारणहरुले घरघरमा र जिल्ला स्थित सबै सरकारी निकाय, प्रतिष्ठान र संघसंस्थाहरुले कार्यालयमा असोज २, ३ र ४ गते साँझ दीप प्रज्वलन गर्न प्रशासनले आग्रह गरेको हो ।

कार्यालयहरुमा तीन दिन राष्ट्रिय झण्डा फहराउन पनि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए । २०७२ मा जारी भएको संविधानको कार्यान्वयनमा नेपाल छैठौँ वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा विभिन्न मन्दिर, मस्जिद, गुम्बा, विहार र गुरुद्धार लगायतका धार्मिक स्थलहरुमा नित्य पुजा गर्नुपुर्व राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र संविधानका लागि जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहीदहरुको आत्माको चिरशान्तिको लागि उच्च सम्मान र श्रद्धान्जली प्रकट गर्न पनि अनुरोध गरिएको छ ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया