रत्ननगरमा कोरोना : खाद्य उद्योगका ३० जना कोरोना मुक्त

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर ४ देवौलीमा रहेको शिवशक्ति खाद्य उद्योगका ३० जना कामदार कोरोना मुक्त भएका छन । विहीवार ४८ जनाको दोस्रो पटक पिसीआर परीक्षण गर्दा ३० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

उद्योगकै आइसोलेसनमा बसेर उनीहरुले कोरोनालाई जित्न सफल भएका छन् । कोरोना मुक्त भएका ३० जनालाई उद्योगको आइसोलेसनबाट घर पठाइएको वडाध्यक्ष रविन्द्र चौधरीले जानकारी दिए । नेगेटिभ आएको प्रमाणपत्र प्रदान गरी उनीहरुलाई घर पठाइएको हो ।

उद्योगका १८ जनाको दोश्रो वा तेश्रो रिपार्ट पनि पोजेटिभ आएको छ । दोश्रो वा तेश्रो रिपोर्ट पोजेटिभ आएका १८ जनालाई शनिवार देखि होम आइसोलेसनमा राख्ने तयारी गरिएको छ । कोरोना संक्रमण पुष्टि भएको एक महिना भएकाले होम आइसोलेसनमा बस्न मिल्ने रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले बताए ।

प्रतिकृया

मुख्य समाचार

बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिन माग

रत्ननगर । सोमबार जंगलमा निउरो टिन गएकी रत्ननगर-५ मगरटोलकी जनकौली निवासी गीता अधिकारीको बाघको आक्रमणबाट निधन भएकोमा श्रद्धाञ्जली अर्पण...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया