मिर्गौला रोगपीडित महतोद्वारा सहयोगको याचना

अन‌ि यो पनि

शशिनगर । दुवै मिर्गौला फेल भएका भरतपुर महानगरपालिका वडा नं–१८, शशिनगर निवासी दलबहादुर महतोले सहयोगको याचना गरेका छन् । दुवै मिर्गौला फेल भएर उपचार गराइरहेका महतोले आर्थिक अभावका कारण उपचारमा समस्या परिरहेको भन्दै सहयोग गरिदिन सबैलाई अनुरोध गरेका हुन् ।
४० वर्षीय दलबहादुर महतो लगभग ७ वर्षजति वैदेशिक रोजगारीका क्रममा अरबका विभिन्न देशहरुमा बिताएका थिए । दुवई गएको १ वर्षमै स्वास्थ्यमा समस्या भएपछि अस्पताल चेकजाँच गर्न पुग्दा चिकित्सकले तपाईंको दुवै मिर्गौला फेल भएको भनेपछि उनी आफूमाथि सिङ्गो आकास खसेजस्तो भएको र फर्केर आएको उनले बताए । ‘पराई भूमिमा सबै अप्ठ्यारासँग विजय हासिल गर्न सके पनि रोगसँग लड्न गाह्रो हुँदोरहेछ’, उनले भने । उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ । महतो भावुक हुँदै भन्छन्, ‘मलाई बचाइदिनुस् !’
प्रेसरका बिरामीसमेत रहेका महतोको एक्कासि दुवै मिर्गौला फेल भएको थियो । निःसन्तानको पीडा भोगिरहेका उनीमाथि यस रोगले थप बज्रपात परेको छ । महतो परिवारको आर्थिक अवस्था धेरै नै नाजुक छ । महतोको उपचारका क्रममा घरमा भएको र ऋण गरेर ल्याएको सबै पैसा सकिएकोले आर्थिक समस्या पर्न थालेको उनले बताएका छन् ।
आर्थिक अभावकै कारण उपचारमा ढिलाइ भएको छ । हप्तामा ३ पटक डायलाइसिस गर्नुपर्ने, २ हजारबराबरको इन्जेक्सन लगाउनुपर्ने भएका कारण पनि आर्थिक अभाव भएको हो । उनी हाल भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार गराइरहेका छन् । कोरोना महामारीका करण दिनहरु थप कष्टकर हुँदै गइरहेको र जिन्दगी अनिश्चित लाग्न थालेको उनले मलिन अनुहार बनाउँदै दुःखेसो पोखे ।
नेपाल सरकारबाट डायलाइसिसका लागि निःशुल्क व्यवस्था भएता पनि समयमा पालो नपाउने अवस्था रहेको श्रीमती प्रेमकुमारी महतोले बताइन् । महतोको जग्गाजमिन वा सम्पत्ति भनेको १० धुरमा टिनको छानो भएको सानो घरमात्रै हो । अरु केही छैन, न त सन्तान नै छन् । श्रीमती महतोले अर्काको मेलापात गरेर घरखर्च र उपचार खर्च धान्दै आइरहेकी छन् । अर्कैको ५ कट्ठा खेत बन्धकी खाएकी छन् उनले । सबैले केही न केही आर्थिक सहयोग गरेमा श्रीमान्ले पुनर्जीवन पाउने उनी बताउँछिन् ।
सुरूमा महतोकै बुबाले मिर्गौला दान गर्ने बताए पनि पछि अचानक बुबा बितेपछि महतो थप समस्यामा छन् । श्रीमती आफैँले मिर्गौला दिएर श्रीमान् बचाउन चाहेको भए पनि मिर्गौला दिन नमिलेको कारण सम्भव नभएको उनले बताइन् । मिर्गौला प्रत्यारोपणको विकल्प नभएको महतोको परिवारलाई सबैले आर्थिक सहयोग गरेमा आफ्नो पतिले नयाँ जीवन पाउने उनी बताउँछिन् ।

 

प्रतिकृया

मुख्य समाचार

बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिन माग

रत्ननगर । सोमबार जंगलमा निउरो टिन गएकी रत्ननगर-५ मगरटोलकी गीता अधिकारीको बाघको आक्रमणबाट निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया