जसले जीन बैँकलाई दिए ११० जातको रैथाने धानको बीउ

अन‌ि यो पनि

रत्ननगर, ०१ असोज । ‘हुलमुलमा जीउ जोगाउनू अनिकालमा बीउ जोगाउनू’ यो चर्चित नेपाली उखानलाई व्यवहारमा लागू गर्न १२ वर्षदेखि गरिएको एउटा किसानको विशेष जमर्कोले रङ देखाउन थालेको छ ।

किसानको आफ्नो निजी जमर्कोले ११० जातको रैथाने धानको बीउ संरक्षण भएका छन् । चितवन भरतपुरका किसान चन्द्रप्रसाद अधिकारीले गाउँ गाउँबाट सङ्कलन गरेर ल्याएका रैथाने धानको बीउ सुरक्षित तवरले संरक्षण गरेका छन् ।

विसं २०६४ मा सात जातको धानको बीउबाट शुरु गरेको रैथाने जातको धानको बीउ संरक्षण गर्ने अभियानमा लागेका उनले ११४ जात पु¥याए । “दुई सय जात प¥याउँछु भन्ने लक्ष्य राखेको थिए”, उनले भने, “उमेरले पनि ६३ पुगेँ । एक्लै यो काम गर्न कठिन भयो । परिवारबाट राम्रै सहयोग पाएका थिए ।” उनले धानको बीउ संरक्षण गर्न निफन्ने, सुकाउने र मुसाले नखाने गरी आफैं भण्डारण गर्दै आएका छन् ।

करिब दुई विघा क्षेत्रफलमा प्राङ्गारिक खेती प्रणालीबाट यो अवधिमा धान रोप्दा रु आठ लाख खर्च भएको उनको भनाइ छ । “नेपालका विभिन्न ठाउँमा पुगेर बीउ सङ्कलन गर्ने गरेको छु”, उनले भने, “कतिलाई उमार्न सकिनँ । कतिमा दाना नै नलाग्ने समस्या भयो ।” उनले यो वर्ष १७ जातको धान रोपेका छन् ।

अघिल्लो वर्ष भण्डार गरेर राखेको ११० रैथाने जातको धानको बीउ भने राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक)को जिम्मा दिएको उनले बताए । जीन बैंकमा सय वर्षका लागि सुरक्षित राख्न सक्ने कृषि वैज्ञानिकहरुको भनाइ छ । “जीन बैंकमा एक सय वर्षसम्म बीउहरु सुरक्षित राख्ने सहमति भएको छ”, अधिकारीले भने, “जुन जात चाहिन्छ, हामी उपलब्ध गराउँछु भन्नुभएको छ । रैथाने जात संरक्षण हुनुपर्छ भन्ने मेरो सोच पूरा भएको छ ।”

उनका अनुसार नेपालमा २०० भन्दा बढी धानको जात पाइने र त्यसमध्ये ६० रैथाने र अन्य केही उन्नत तर अहिले स्थानीय भइसकेका छन् । अधिकारीले नेपालीहरुमा उन्नत जातको नाममा परनिर्भता बढेको भन्दै चिन्ता व्यक्त गरे । “उन्नत जातको धान लगाउने चलन व्यापक छ”, उनले भने, “अरुले बीउ दिए उत्पादन गर्न सक्छौँ । होइन भने खेत बाँझो राख्नुपर्ने अवस्था आउन सक्छ ।” रैथाने जातका धानलाई संरक्षण एवं प्रवद्र्धन गर्न नेपाल सरकारले अभियान नै चलाउनुपर्ने उनको भनाइ छ । उन्नत जातका बीउ खरीदका लागि वर्षेनी ठूलो रकम देश बाहिर जाने गरेको छ । उन्नत जातका धान केही वर्ष राम्रै उत्पादन भए पनि स्थानीय जातको धानमा पाइने पौष्टिक तत्व त्यसमा नपाइने उनको भनाइ छ ।

जीन बैंकका प्रमुख डा कृष्णकुमार मिश्रले एकै कृषकबाट धेरै सङ्ख्यामा धानको जातको बीउ ल्याएको उनी पहिलो व्यक्ति भएको बताए । “उहाँ एक उदाहरणीय किसान हो”, उनले भने, “स्थानीय जातप्रति अधिकारीको धेरै झुकाव छ । उनलाई जति प्रशंसा गरेपनि पुग्दैन ।”
जीन बैंकका अनुसार, कृषि र जैविक विविधताका दृष्टिले नेपाल विश्वको ३१औँ धनी देश हो । यहाँ उपलब्ध अन्न तथा अन्य बालीमध्ये सबैभन्दा बढी विविधता धानमा छ । धानका रैथाने जातिका २ हजार ३ सय भन्दा बढी बीउ छन् । प्रमुख मिश्रका अनुसार यी धान त पहिचान गरिएका स्थानीय जात मात्र हुन्, पहिचान हुन बाँकी स्थानीय जात धेरै हुन सक्छन् । उनले भने, ‘‘हामी स्थानीय जातका बीउमा विश्वमै धनी देशमा पर्छौं । तर सबै नेपाली जातका बीउ पहिचान गरेर सुरक्षित गर्न सकिएको छैन ।’’ रासस

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...