रत्ननगरमा प्रहरीको गुनासो तथा सुझाव पेटिका

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर नगरपालिकाको कार्यालयमा प्रहरीले गुनासो तथा सुझाव संकलन पेटिका राखेको छ । बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौडाले प्रहरी कर्मचारीसंग सम्बन्धित गुनासो तथा सुझाव संकलनका लागि पेटिका राखिएको हो ।

प्रहरी प्रति नागरिकको गुनासो,अपेक्षा र सुझाव संकलन गरी कार्यसम्पादनलाई प्रभावकारी बनाउन प्रहरीले पालिकाहरुमा सुझाब तथा गुनासो पेटिका राख्ने अभियान सुरु गरेको इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी रविन कार्कीले जानकारी दिए । रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेलको रोहबरमा पेटिका राखिएको छ ।

सो अबसरमा उपमेयर दुवाडीले प्रहरीसंगै जनप्रतिनिधिलाई पनि गुनासो र सुझाब दिन नागरिकलाई आग्रह गरिन । उनले नगरपालिकामा प्रहरी कर्मचारीको गुनासो तथा सुझाव पेटिका राखेपछि यसले प्रहरीलाई अझ सजग बनाउन मद्दत पुग्ने बताइन ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया