पितृयज्ञको महत्त्व

अन‌ि यो पनि

यस पृथ्वीमा जन्मने मानिस वा प्राणीहरु आफ्नो निश्चित अवधि समाप्त भएपछि धर्तीबाट बिदा हुन्छन् । जीवात्माको जन्मने प्रक्रियालाई जन्म र जाने प्रक्रियालाई मृत्यु भनिन्छ । जन्मनासाथै उसले ऋणको भार पनि बोकेर आउँछ । ती ब्रह्मयज्ञ (स्वाध्याय), पितृयज्ञ (श्राद्घ तर्पण), देवयज्ञ (हवन पूजा), भूतयज्ञ (वलिवैश्वदेव), मनुष्य यज्ञ (अतिथि सत्कार) जसलाई पञ्च महायज्ञ पनि भनिन्छ । तसर्थ, वैदिक सनातनीका लागि सर्वोत्तम श्रेष्ठ धर्मानुष्ठानन पितृयज्ञ नै हो । जीवात्माले पूर्वजन्ममा भएका राम्रा वा नराम्रा र यस जन्ममा गरिने राम्रा वा नराम्रा कर्मको फल जीवात्मा आफैँले भोग गर्दछ ।
त्यसो हुनाले जीवात्माको जन्मअघि एवं जन्मपछि गरिने कर्म श्राद्घ तर्पण पिण्डदान नै पितृयज्ञ हो । जीवको मरण हुँदैन । एउटा घरबाट अर्को घरमा सर्ने हो । यं यं वापि स्मरन्भावं त्यजत्यन्ते बलेवरम् । प्राण जाने समयमा जीवात्माले जुन भाव लिएर प्राण त्याग्दछ त्यही त्यही भाव अर्थात् योनिमा जन्म लिन्छ । जीवनभरि उसको भाव पत्नी, पति वा पुत्रमा वा अरु कुनै वस्तुमा गएको छ, त्यसै योनिमा शरीर लिन्छ ।
धर्मानुष्ठानमा पितृयज्ञको मह¤व छ । पितृयज्ञ धेरै प्रकारका छन् । प्रत्येक महिनाको औँसीमा गरिने दर्शश्राद्घ आमा वा हजुरबा हजुरआमाको मरण तिथिमा गरिने एकोदिष्ट श्राद्घ पितृको पर्वमा गरिने महालय पर्व (सोह्रश्राद्घ)मा मरण हुनेको एकापार्वण, तीर्थमा गरिने तीर्थश्राद्घ पुराण आदि कार्यमा गरिने नान्दीमुखी श्राद्घ, त्यस्तै अरु ९६ श्राद्घहरु पनि छन् । धन, आयु वृद्घिको कामनाले गरिने श्राद्घ आदि आदि । हाम्रा पौराणिक शास्त्र, वेदस्मृतिमा श्राद्घको विस्तृत वर्णन गरेको पाइन्छ । त्यसैगरी, श्राद्घ गर्ने कर्ताले पालन गर्ने नियम, श्राद्घमा खान नहुने चीज र प्रयोग गर्न नहुने द्रव्यका बारेमा पनि बताइएको छ । जस्तैः दन्तधावन गर्न पान–सुपारी खान धूमपान गर्न, तेल लगाउन, भोकै बस्न, रतिक्रीडा गर्न, अर्काको घरको अन्न खान आदि । त्यस्तै भ्रष्टाचार गरेको, साँध मिचेर कमाएको, काम गर्ने मान्छेलाई पूरा निमेक नदिएको, चोरी गरेको, अरुलाई रूवाएर वा ठगी गरेर कमाएको द्रव्यले श्राद्घकर्म गर्नुहुँदैन, गरे पनि पितृले पाउँदैनन् । तसर्थ, पुत्रले आफैँले परिश्रम गरेर कमाएको द्रव्यबाट गरेको मात्र पितृले स्वीकार गर्दछन् ।
गाईभैँसी बाँधेको, बाख्राको खोरनजिक, म्लेच्छको देशमा श्राद्घ गर्न हुँदैन । आमाबाबुको श्राद्घ आफ्नै घरमा गर्नुपर्दछ । आफ्नो घर नभएकाले घरधनीलाई श्राद्घ गर्ने भूमिको निग्रह दिएर पितृकर्म गर्न सक्दछ । तीर्थ, श्राद्घ जहाँ जहिले पनि गर्न सकिन्छ । पुत्रले एकपटक गया गएर श्राद्घ गर्दछ भने तीन ऋणवाट मुक्त हुने कुरा वायु पुराणमा बताइएको छ । गया तीर्थमा परम वैष्णव असुरलाई वध गरेर भगवान् विष्णु स्वयम् गदाधररुपले गयाको शरीरमा बसेको हुनाले त्यो तीर्थको मह¤व ठूलो मानिएको हो । गयाको शरीरको लम्बाइ एक सय योजन लामो र साठी योजन चौडा भएको हुँदा उसको त्यो शरीरै तीर्थ बनेको छ । त्यसैले, गयागमनमात्रेण पितृणामनुणे भवेत अर्थात् गया परिक्रमा गरेमात्रै पनि पितृऋणबाट छुट्छ भनेर वायु पुराणमा भनिएको छ । तसर्थ, एकपटक गया तीर्थमा गएर अवश्य श्राद्घ गर्नुपर्दछ । एकपटक गएपछि फेरि गया गइरहन पर्दैन । सोह्रश्राद्घमा जान सके झनै राम्रो ।
यसवर्ष आश्विन महिनामा अधिकमास परेको हुनाले देवयज्ञ र पितृयज्ञ गर्न निषेध हुने पञ्चाङ्गमा उल्लेख गरिएको छ । ज्योतिष विज्ञान मुताविक भाद्र १७ गतेदेखि नै सोह्रश्राद्घ (पितृपक्ष) सुरू भएको छ । र, सूर्य कन्या राशीमा सरिसकेका छन् । तसर्थ, गृहस्थाश्रमीले आफ्ना पितृको श्राद्घ तर्पण पिण्ड पितृकै तिथिमा दिनुपर्दछ । पितृको तिथि छुट्यो भने हजुरबाको तिथिमा गर्छु भन्न मिल्दैन । पुत्रले दिएको श्राद्घको फल बाबुले प्राप्त गर्दैनन् । छुटेको तिथिमा मिलेन भने जमरे औँसी, त्यो पनि रोकिए गाई तिहारे औँसी, कदाचित् त्यो पनि रोकिएको खण्डमा मार्ग सङ्क्रान्तिमा गर्नुपर्दछ भनेर विज्ञहरुले लेखेको पाइन्छ । आधारहरु निर्णय सिन्धु र अन्य पुराणहरुमा पाइन्छ ।
श्राद्घ वा देवपूजामा आसन कुशको, उत्तम कुश उपलब्ध नभएको खण्डमा ऊनको अर्थात् राडीपाखी नै उपयुक्त आसन हुन सक्दछ । सिधा संकल्प गर्ने चामललाई आमान्न भनिन्छ । पकाएको भोजनलाई अन्न भनिन्छ । अतः पितृलाई सिधा तयार गर्दा (सोपस्करले सहित अर्थात् चामल, दाल, मुसुरोबाहेक) तरकारी, घिउ, जिरा, मेथी, नुन, बेसारसहित तथा पकाइएका रोटी, मासको फुरौला, पायस सिधामा राख्नुपर्दछ । भोजनबिनाको सिधा पितृले स्वीकार गर्दैनन् । त्यस्तै घिरौँला, करेला, खुर्सानी सिधामा राख्नुहुँदैन ।
पुत्रलाई आत्मज भनिएको छ, अर्थात् छोरो बाबुकै अंश र आत्मा हो । त्यसैकारण बाबुले अति दुःख गरेर र रगतको पसिना बहाएर पुत्रका निम्ति धेरथोर सम्पत्तिको जोहो गरेर छाडेको हुन्छ, ताकि मरणोपरान्त पिण्डपानी देला भनेर । अब बाबु मरेर गए, किन श्राद्घ गर्ने ? यो सम्पत्ति मेरै लागि हो भनेर आफैँमात्र भोग गर्दछ भने छोराले बाबुको सम्पत्ति चोरी गरेको मानिन्छ । पितृणामर्यमा चास्मि अर्थात् पितृहरुका राजा अर्यमा नाम गरेका पितृ नै हुन् । देवता दिने र पितृ हर्ने भनिएको छ । तसर्थ, देवता स्वयं पितृका रुपमा आएर बस्दछन् ।
श्राद्घकर्म श्रेष्ठ यज्ञ हो । यज्ञबाट तृप्त भएका देव, पितृ सन्तुष्ट भएर कसैले नमागीकनै इच्छित फल दिएका हुन्छन् । अतः देवता, पितृले दिएको फल उनैलाई नदिई आफैँमात्र भोग ग¥यो भने त्यो पुरूष चोर हो । तसर्थ, बाबुको सम्पत्तिमाथि चोरी गरेको ठहर्दछ । मरेर गएका पितृले के नै सजाय दिन सक्छन् र ? तर, लोभी पुत्रलाई स्वर्गबाट श्रापचाहिँ अवश्य दिन्छन् । तसर्थ, तिथिमा आएका पितृलाई निराश फर्काउनु अधर्म हो, पाप हो । दण्ड–सजाय भोग्नैपर्दछ । बाबुआमाको समपत्ति नभए पनि श्राद्घ गर्नुपर्दछ । श्राद्घ गर्ने कर्ताले नै श्राद्घको फल खाने हो । पुण्यकर्म जति गर्न सक्यो त्यसको फल खाने पुत्र नै हो ।

प्रतिकृया

मुख्य समाचार

चितवनमा मंगलबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा मंगलबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार ६३ जना संक्रमणमुक्त भएका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया