अवैध काठसहित छ जना पक्राउ

अन‌ि यो पनि

नवलपरासी । नवलपरासी पश्चिम प्रहरीले जिल्लाको विभिन्न स्थानबाट २ लाख ८५ हजार ५१८ रूपैयाँबराबरको अवैध काठ तथा अन्य सामग्री बरामद गरेको छ ।
प्रहरीले सरावल गाउँपालिका वडा नं.२ देवीनगरमा ६ वटा साइकलमा राखी ल्याउँदै गरेको ७ थान (८.२१ क्यूफिट) सालको चिरान काठ प्रहरी चौकी बासाबाट खटिएको प्रहरी टोलीले साइकलसहित ६ जनालाई नियन्त्रणमा लिएको हो । साइकलसहित ६ जनालाई आवश्यक कारबाहीको लागि सवडिभिजन वन कायालय बुझाइएको छ ।
यस्तै, नेपालबाट भारततर्फ लैजाँदै गरेको अन्दाजी ६४ हजार मूल्यबराबरको २६ वटा बोरामा ८०० केजी हरियो केराउ बरामद गरेको छ । यसैगरी भारतबाट अवैधरुपमा नेपालतर्फ ल्याउँदै गरेको विभिन्न कस्मेटिक तथा मोटरसाइकलका पार्टपुर्जा प्रहरीले बरामद गरेको छ ।
नियन्त्रणमा लिइएका मानिस, साइकल र काठ आवश्यक कारबाहीका लागि सव–डिभिजन वन कार्यालय बर्दघाट सरावललाई बुझाइएको प्रहरीले जनाएको छ

 

प्रतिकृया

मुख्य समाचार

बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिन माग

रत्ननगर । सोमबार जंगलमा निउरो टिन गएकी रत्ननगर-५ मगरटोलकी गीता अधिकारीको बाघको आक्रमणबाट निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया