ADVERTISEMENT
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चित्रवन रङ्गशालाको निर्माण कार्य सुरू

–रामशरण गैरे

by namastec
२०७७ आश्विन १, बिहीबार ०७:५२ गते
in खेलकुद, समाचार
0
0
SHARES
Share on FacebookShare on Twitter

नयाँबजार । विश्वभर फैलिएको कोभिड–१९ को महामारीका कारण बन्द भएको भरतपुर–२०, नयाँबजारमा निर्माणाधीन चित्रवन फुटबल रङ्गशालाको निर्माण कार्य सुरू भएको छ । आव ०७६/७७ मा राष्ट्रिय खेलकुद परिषद्ले थप १ करोड रकम विनियोजन गरेपछि रङ्गशालाको २३० मिटरको पक्की पर्खाल निर्माण सुरू भएको हो ।
नेपालकै वैकल्पिकरुपमा निर्माण भैरहेको राष्ट्रियस्तरको चित्रवन फुटबल रङ्गशालाको गुरूयोजनाका लागि नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय एवम् राष्ट्रिय खेलकुद परिषद्बाट डिपिआर गरी आव ०७५/७६ मा ५० लाख विनियोजन भई रङ्गशालाको पूर्वतर्फ १७१ मिटर लम्बाइको पक्की पर्खालको निर्माण कार्य सम्पन्न भैसकेको छ ।
यससँगै रङ्गशालाको चारैतिरको ४७४ मिटरको पर्खाल निर्माणको कार्य सम्पन्न हुने र मैदानको काम एवं प्यारापिटको काममात्रै बाँकी रहने रङ्गशाला निर्माण समितिका अध्यक्ष सुरेन्द्र गुरूङले बताए ।
राष्ट्रिय खेलकुद परिषद्ले आव ०७४/७५ मा प्रस्तावित चित्रवन फुटबल रङ्गशालाको डिपिआर सम्पन्न गरेको छ । आव ०७५/७६ मा राष्ट्रिय खेलकुद परिषद्ले विनियोजन गरेको ५० लाख र भरतपुर महानगरपालिकाले १ करोड ५० लाख विनियोजन गरेको थियो भने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन विकासको प्याकेजबाट चित्रवन फुटबल रङ्गशाला निर्माणका लागि २० लाख रकम उपलब्ध भएको अध्यक्ष सुरेन्द्र गुरूङले बताए ।
भरतपुर–२०, नयाँबजारमा १० बिगाहा क्षेत्रमा प्यारापिटसहितको राष्ट्रिय रङ्गशाला निर्माण भैरहेको छ । राष्ट्रियस्तरको फुटबल रङ्गशालाका निम्ति १ अर्ब ५३ करोड ७ लाखबराबरको लागत रहने र १७ हजार दर्शक अट्ने क्षमता रहेको अध्यक्ष सुरेन्द्र गुरूङले बताए ।
जनस्तरबाट चितवनकै रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाभन्दा ३ किमीमात्रै पश्चिम रहेको राष्ट्रियस्तरको फुटबल रङ्गशालामा सरकारले ध्यान नदिएको अध्यक्ष गुरूङको गुनासो छ । राज्यको करोडौँ खर्च भैसकेको अवस्थामा फेरि रामपुरमा निर्माण भइरहेको बहुउद्देश्यीय क्रिकेट रङ्गशालामा फुटबलको पनि मैदान बनाएर थप व्ययभार गराउनु उचित नरहेको अध्यक्ष गुरूङले बताए । रङ्गशाला निर्माणका लागि चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको ४ लाख ७२ हजार र चितवन समाज जापानको २ लाख सहयोगबाट सुरू भएको रङ्गशाला निर्माण समितिका सचिव टुकमान गुरूङले बताए ।
रङ्गशाला निर्माणका लागि यसवर्ष पनि बजेट विनियोजनका लागि पहल भैरहेको बताउँदै गुरूङले रङ्गशाला निर्माणका निम्ति राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरबाट सहयोग गर्नेक्रम बढेको बताए । रङ्गशालाको साथसाथै एथलेटिक्सका लागि ट्रयाक निर्माण गरिने, हाइजम्प, लङजम्प तथा भलिबलको कोट बन्ने एवं फुटबल र क्रिकेट मैदानसमेत बनाउने लक्ष राखिएको छ । पश्चिम चितवनकै स्पोटर््स भिलेजका रुपमा विकास गर्न लागिएको भरतपुर–२० को नयाँबजार क्षेत्रमा एकेडेमी स्थापना गरेर बाल विकासको अवधारणा बनाइएको सचिव टुकमान गुरूङले बताए ।
साबिक चित्रवन नगरपालिकाको सर्वदलीय निर्णयका आधारमा रङ्गशालाको काम थालिएको र नगरपालिकाले उपलब्ध गराएको १० बिगाहा क्षेत्रमा नेपाल सरकारका तत्कालीन युवा तथा खेलकुदमन्त्री पुरूषोत्तम पौडेल एवम् राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव केशव विष्टको सक्रियतामा खेलकुद क्षेत्रको विकासमा चितवनको प्रतिष्ठा मानिएको रङ्गशाला निर्माण सुरू गरिएको रङ्गशाला निर्माण समितिका कोषाध्यक्ष विजय घले बताउँछन् । यस्तै, क्लिनिक नेपालका हरि भण्डारीले पनि आकर्षक गेट निर्माणका लागि १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।
जिल्लाको पश्चिम क्षेत्रमा निर्माण भइरहेको रङ्गशालाका लागि स्थानीय संघसंस्थाको सक्रियता बढेको छ । २०७१ सालदेखि निर्माण सुरू गरिएको रङ्गशालाको कम्पाउन्ड निर्माणको काम भैरहेको छ ।

 

Related Posts

Chitwan Post

कावासोतीमा भेट्रान्स फुटबल प्रतियोगिता सुरू

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

अन‌ि यो पनि

ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने चालकबाट १६ लाख राजस्व संकलन
समाज

ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने चालकबाट १६ लाख राजस्व संकलन

चितवन । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनले चार महिनाको अवधिमा आफ्नो गल्ती ढाकछोप गर्न आर्थिक प्रलोभन देखाउने १५...

Read more
बस दुर्घटनामा दुई जनाको मृत्यु, १९ जना घाइते

बस दुर्घटनामा दुई जनाको मृत्यु, १९ जना घाइते

सत्तरी वर्षसम्म राजनीतिक अस्थिरता

सत्तरी वर्षसम्म राजनीतिक अस्थिरता

नेता तथा कार्यकर्ता सधैँ मालामाल, जनता सदैव कङ्गाल !

नेता तथा कार्यकर्ता सधैँ मालामाल, जनता सदैव कङ्गाल !

Chitwan Post

अस्वाभाविक मूल्य वृद्धि

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In