हेटौँडामा समुदायस्तरमा पुग्यो कोरोना : ११ सय संक्रमित, ११ को मृत्यु

अन‌ि यो पनि

हेटौंडा । बागमती प्रदेशको राजधानी रहेको हेटौंडामा कोरोना संक्रमण दर लगातार बढिरहेको छ । गत साउन अन्तिमदेखि तीव्ररुपमा बढेको कोरोना संक्रमणको दर घटेको छैन ।
मकवानपुर जिल्लामा कोरोना संक्रमण २ महिना अघिदेखि देखिएता पनि समयमा उचित कदम चाल्न नसक्दा संक्रमणको दर उच्च भएको देखिन्छ । जनसरोकार केन्द्र, नागरिक समाजहरुले स्थानीय सरकार र प्रदेश सरकारलाई सिमा नाकामा कडाइ, क्वारेन्टाइनको व्यवस्थापनलगायतको कुरामा बारम्बार घचघचयाउँदा पनि सीमा नाकाबाट कोरोना प्रभावित क्षेत्रबाट मानिसहरु आउँदा मकवानपुरका समुदायसम्म कोरोना संक्रमण पुगेको जनोसरोकार केन्द्र मकवानपुरका संयोजक ध्रुव चौंलागाईँ बताउँछन् ।
दैनिक ५० भन्दा माथि भेटिन्छन संक्रमित
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा आइसोलेसन इन्चार्ज भोला चौंलागाईंका अनससार भदौको २५ गते पछिको तथ्याङ्कमा दैनिक ५० भन्दा माथि संक्रमित फेला परिरहेको छ । मकवानपुर जिल्लामा ११ सय संक्रमित पुगिसकेका छन् भने हालसम्म ११ जनाको मृत्यु भएको छ । २ जनाको हटौंडामा मृत्युपछि कोरोना पुष्टि भएको हो भने ८ जनाको चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । मकवानपुरमा सक्रिय संक्रमित बुधबार साँझसम्म ४७४ रहेको जनस्वास्थ्य निरीक्षक चौंलागाईंले बताए । उनले जानकारीमा नआएका केही संक्रमितहरु आफैं उपचार गरिरहेका हुन सक्ने बताए । यस्तै मकवानपुरमा हालसम्म ५८७, डिस्चार्ज भएका छन् । अहिले मकवानपुरमा २५० जना होटल र होम आइसोलेसनमा बसेका छन् भने १३५ जना संस्थागत आइसोलेसनमा बसेका छन् ।
सरकार भन्छ : काम गर्दैछौँ
कोरोना भाइरस संक्रमित लगातार बढिरहँदा निदाएको प्रदेश सरकारले नियन्त्रण गर्ने अथक प्रयास गरेको दाबी गरेको छ । प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालले कोरोना नियन्त्रण गर्न प्रयास गरिरहेको भएता पनि लकडाउनलाई निरन्तरता दिन नसक्दा संक्रमण तिव्र रुपमा फैलिएको बताए । दुलालले भने, ‘यो विषय सरकारको सफलता असफलताभन्दा पनि दैनिक जनजीवनले पारेको असर हो । हामीले प्रदेशको नाका पूर्णरुपमा थुन्न पनि सकेनौं, लकडाउनलाई निरन्तरता दिँदा जनजीवनमा प्रतिकुल असर पर्ने देखिएकोले खुकुला बनाउँदा ह्वात्तै बढेको हो ।’ बागमती प्रदेश सरकारले कोरोना नियन्त्रणको लागि भरपुर प्रयास गरिरहेको मन्त्री दुलाले दाबी गरेका छन् ।
२२ हजारको परीक्षण
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को प्रयोगशालामा हालसम्म २२ हजार ७६० जनाको कोरोना परीक्षण गरिएको छ । नमुना प्राप्त भएका मध्ये सबै जसोको कोरोना परीक्षण भएको छ ।
पछिल्लो समय मकवानपुर सहित विभिन्न जिल्लाबाट यहाँको प्रयोगशालामा कोरोना जाँच गर्न धेरै चाप भएपछि केहि नमुना हेटौंडाको प्रयोगशालामा ल्याएर जाँच गर्ने चरणमा रहेको छ । पहिले स्वाब दिएको एकसाता पछि मात्र रिपोर्ट आउने भए पनि अहिले भने स्वाब दिएको दुई दिनमै रिपोर्ट आउने भएको छ । हालसम्म कोरोना परीक्षण गरिएकामध्येमा मकवानपुर र तराईका जिल्लाबाट परीक्षणका लागि ल्याइएका नमुनामा रहेका छन् । संक्रमितहरु अधिकांश मकवानपुर जिल्लाको रहेका छन् । त्यसपछि तराइको बारा, पर्सा र रौतहटका छन् ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया