चितवनमा निषेधाज्ञा : एक हप्ता थप

अन‌ि यो पनि

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एक हप्ता अझै निषेधाज्ञा थप गरेको छ। बुधबार प्रशासनले जारी गरेको सूचनाको आधारमा निषेधाज्ञालाई केही खुकुलो बनाउने गरी असोज ७ गतेसम्मको लागि समय थप गरेको हो।

होटल तथा रेष्टुरेन्टहरुले भने सरकारले सूचना जारी नगर्दासम्म आइसोलेसन र क्वारेन्टिन प्रयोजनको लागि र टेकअवेको लागि मात्रै खोल्न पाइने प्रशासनले जनाएको छ। तर, पर्यटन विभागबाट स्वीकृत प्राप्त पर्यटक स्तरीय होटलहरुले पर्यटन बोर्डले तोकेको मापदण्ड पालना गरी विदेशी तथा स्वदेशी पाहुना राख्न सक्नेछन् ।

जिल्लामा कोरोना भाइरस संक्रमणको जोखिम कम नभएकोले निषेधाज्ञा थप गरिएको उनले बताए। पछिल्लोपटक थप गरेको निषेधाज्ञा बुधबार राति १२ बजेपछि सकिएको छ। तर, बुधबार फेरि एक हप्ताको लागि थप गरेपछि असोज ७ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी रहनेछ।

बुधबारदेखि थप भएको निषेधाज्ञाअनुसार जिल्लाभरका व्तरकारी तथा फलफूल पसल बिहान ६ देखि साँझ ५ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। खाद्यान्नलगायतका पसल भने बिहान १० देखि साँझ ५ बजेसम्म खोल्न पाइने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।

सवारीसाधन सञ्चालनको लागि भने पूर्ण निर्धारित निर्णयानुसार नै अत्यावश्यक सामान ढुवानीको हकमा मात्रै सञ्चालन गर्न पाइनेछ।

निजी तथा सार्वजनिक सवारी साधन जोर बिजोेर प्रणालीमा चलाउन दिने, जोर गते जोर र बिजोर गते बिजोर सवारी सञ्चालन गर्ने, होटल रेष्टुरेन्टमा राजमार्गका लागि राति १० बजेसम्म र अन्यलाई राति ८ बजेसम्म सञ्चालन गर्न दिने, शैक्षिक संस्थाले अनलाइनमार्फत पठनपाठन सञ्चालन गर्ने आदेशमा उल्लेख छ ।

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया