निजी स्रोत शिक्षक संघर्ष समिति चितवनको ज्ञापन पत्र

अन‌ि यो पनि

भरतपुर । सामुदायिक विद्यालयका निजी स्रोत शिक्षक संघर्ष समिति चितवनका सामुदायिक विद्यालयका निजी शिक्षकहरुबाट कोभिड १९को बिषम परिस्थितिमा पेशागत हक अधिकारको सुनिश्चिताको लागि भरतपुर महानगरको शिक्षा समन्वय इकाईमा ज्ञापन पत्र बुझाएका छन् ।

अध्यक्ष सघन बरालको नेतृत्वमा मंगलवार भरतपुर महानगरपालिका शिक्षा समन्वय इकाईका प्रमुख सीताराम कोइरालालाइ कोभिड १९ को बिषम परिस्थितिमा सामुदायिक विद्यालयमा अध्यापन गराउने निजी शिक्षकहरुलाइ पेशागत हिसाबले श्रमको अन्यायपुर्ण व्यवहार भएको बताउँदै ज्ञापन पत्र बुझाएका हुन् ।

आवश्यकता अनुसार सामुदायिक विद्यालयमा अध्यापन क्षेत्रमा आफ्नो श्रम बढी खर्चनु पर्ने र आवश्यकता नहुँदा बिदाइ लिनु पर्ने न्योचित श्रम नभएको संघर्ष समितिका पदाधिकारीहरुको धारणा थियो। जटिल परिबेशमा स्थानीय सरकारले शिक्षा क्षेत्रमा कार्यरत निजी क्षेत्रमा कार्यरत शिक्षकको राहत दिनु पर्ने संघर्ष समितिका अध्यक्ष सघन बरालले वताए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया