बेसहारा र भोकाहरुलाई खाना खुवाउने अभियान

अन‌ि यो पनि

रत्ननगर । रत्ननगरका युवाहरुले बेसहारा र भोका मानिसहरुका लागि बिहान बेलुका खाना खुवाउने अभियान सुरू गरेका छन् ।

रत्ननगरस्थित ‘साथ सबैको’ संस्थाको आयोजना एवं ‘सुनौलो रत्ननगर’ संस्थाको सहयोगमा बुधबारदेखि खाना खुवाउने अभियान सुरू गरिएको कार्यक्रम संयोजक सुशील कोइरालाले जानकारी दिए । उनका अनुसार कोरोना कहरका कारण समस्यामा परेका मानिस भोकभोकै बस्नु नपरोस् भन्ने उद्देश्यले खाना खुवाउने अभियान सञ्चालन गरिएको हो ।
बुधबार रत्ननगर २ स्थित नेपाल माध्यमिक विद्यालयको प्रतीक्षालयमा ५० जना बेसहारा, मजदुर तथा तिनका परिवारलाई सामूहिक खाना खुवाइएको थियो । खाना बनाउने कार्यमा दुवै संस्थाका पदाधिकारी खटिएका छन् ।

सो अभियानमा ‘साथ सबैको’ संस्थाका अध्यक्ष विज्ञान लामिछाने, सन्दीपा लामिछाने, सुजाता पौडेल, राज देवकोटा, सन्तोषी न्यौपाने, प्रतिमा भट्ट, स्मृति बस्ताकोटी, निरोज लामिछाने, कृपा रिमाललगायत सहभागी छन् भने ‘सुनौलो रत्ननगर’ संस्थाका अध्यक्ष मनीष खनाल, प्रनिष भट्ट, आशिष रेग्मी, विधान बास्तोला, अपेक्षा पौडेल, अस्मिता भट्टलगायत २५ जना युवा अभियानमा जुटेका छन् ।

‘साथ सबैको’ संस्थाका अध्यक्ष विज्ञान लामिछानेका अनुसार सामाजिक अभियान्ता अर्जुन भूषालको अगुवाइमा सो अभियान सञ्चालन भएको हो । बुधबार बेलुकीदेखि रत्ननगर ४ स्थित शिवालय मन्दिर परिसरमा बिचल्लीमा परेका, बेसहारा भई मन्दिरमा आएका र भोकभौकै बाटोमा अलपत्र मानिसका लागि खाना खुवाइने उनले बताए ।

‘सुनौलो रत्ननगर’का अध्यक्ष मनीष खनालले सुरुवातमा ५० जनाका लागि खाना खुवाइए पनि आवश्यकताअनुसार जोसुकैलाई पनि खाना खुवाउँदै जाने बताए । पूर्वी चितवनका जुनसुकै स्थानमा खाना खान समस्यामा परेकाहरुलाई खानाको व्यवस्था गरिने उनको भनाइ छ ।
समस्यामा परेका मजदुर वा सहाराविहीनले बिहान-बेलुकीको खानाका लागि ९८६२५–४८३३३ वा ९८४५९–५४३४४ मा सम्पर्क गर्न सक्नेछन् भने सो अभियानका लागि सहयोग गर्न चाहने मनकारीले पनि सोही नम्बरमा सम्पर्क गरेर सहयोगको हात अघि बढाउन सक्नेछन् ।

प्रतिकृया

मुख्य समाचार

चितवनमा ८९ जना संक्रमित, २४ जना संक्रमणमुक्त, चार जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो २४ घन्टामा ८९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार मंगलबार पिसिआर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया