चितवनमा कोरोनाले छोएको आठ क्षेत्र : उद्योग व्यवसाय र अस्पतालमा बढी जोखिम

अन‌ि यो पनि

भरतपुर । पछिल्लो समय चितवनमा कोरोना सङ्क्रमितको संख्या दिनानुदिन बढिरहेको छ । जिल्लामा विशेषगरी कोरोनाले छोएको आठवटा क्षेत्र छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला सातवटा छन्, जसमा चितवन जिल्ला पनि परेको छ ।
जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले निकालेको विवरणअनुसार चितवनका आठवटा क्षेत्रमा खटिएका मानिसहरुमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले चितवन जिल्लामा कोरोना सङ्क्रमणको अवस्थाबारे हालसम्म गरेको अध्ययनले अस्पताल र उद्योग व्यवसायमा बढी जोखिम देखाएको छ ।
सङ्क्रमणको स्रोत पत्ता लगाउन सेन्टरले हालसम्म चितवन जिल्लामा सङ्क्रमित रहेका १२ सय ७७ जनाको अध्ययन गरेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य क्षेत्र, उद्योग तथा व्यवसाय क्षेत्र, होम डेलिभरीको क्षेत्र, बैकिङ क्षेत्र, यातायात क्षेत्र र सुरक्षालगायतका क्षेत्रमा खटिएका कर्मचारीहरुमा कोरोना सङ्क्रमण देखिएको छ ।
२५४ स्वास्थ्यकर्मी सङ्क्रमित
जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले निकालेको विवरणअनुसार चितवनमा कुल २५४ जना डाक्टर तथा स्वास्थ्यकर्मीहरु सङ्क्रमित रहेका छन् । यो संख्या कुल सङ्क्रमित संख्याको २० प्रतिशत हो ।
सबैजसो सङ्क्रमित डाक्टर तथा स्वास्थ्यकर्मीहरुको परिवारमा कम्तीमा थप एक जना व्यक्ति सङ्क्रमित भएको पाइएको प्रमुख तिवारी बताउँछन् । उनका अनुसार योसमेत संख्या हिसाब गर्दा कुल सङ्क्रमित व्यक्तिको ४० प्रतिशत हुन आउँछ ।
त्यसबाहेक, सङ्क्रमित अन्य १०१ जना व्यक्तिहरुले समेत आफूलाई अस्पतालमा उपचारका लागि जाँदा वा बिरामीको कुरूवा भएर बस्दा सङ्क्रमण भएको बताएका छन् । यस हिसाबले हेर्दा कुल सङ्क्रमणको ५० प्रतिशत हिस्सा अस्पतालहरुको रहेको उनले बताए ।
१११ जना व्यवसायी सङ्क्रमित
जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले उद्योग, व्यापार, होटल, फलफूल, तरकारी पसल वा अन्य व्यवसाय गर्ने १११ जनामा सङ्क्रमण देखिएको जनाएको छ । कलकारखाना, होटल, इन्टरप्राइजेज वा अन्य व्यवसायमा संलग्न रहेका छन् ।
‘सङ्क्रमितलाई सोध्दा आफूले पसलमा बसेर सामान बेच्ने गरेको बताएका छन् भने र कतिपयले पसलबाट खाद्यान्न र मेसिनरी सामान डेलिभरी भ्यानमा राखेर होम डेलिभरी सेवा दिने गरेको बताएका छन् । खासगरी, पसलबाट डेलिभरी भ्यानमा सामान बोकेर होम डेलिभरी सेवा दिने व्यक्तिहरु बढी सङ्क्रमित भएको पाइएको छ’, प्रमुख तिवारीले भने ।
सङ्क्रमित व्यक्तिहरुमध्ये कतिपय व्यक्तिहरु ट्रक चालक छन् । खासगरी, भारतीय सीमा नाकादेखि चितवनलगायत विभिन्न स्थानमा सामान बोकेर जाने व्यक्तिहरु रहेका छन् । त्यस्तै, जिल्लाको सीमा नाका लोथर र पुल्चोकजस्ता स्थानमा सवारीसाधन चेकजाँच गर्ने सुरक्षाकर्मी सङ्क्रमित भएको पाइएको उनी बताउँछन् ।
उद्योेगहरुमा कोभिड परीक्षण नगरी बाहिरबाट कामदार ल्याएका कारण सङ्क्रमण देखा परेको र उनीहरुबाट त्यस उद्योगमा काम गर्ने अन्य स्थानीय व्यक्तिहरुमा समेत सङ्क्रमण देखा परेको छ । बैंकहरुमा फ्रन्टलाइनमा बसेर ग्राहकहरुलाई सेवा दिने १६ जना कर्मचारीहरुमा समेत सङ्क्रमण पुष्टि भएको छ ।

 

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया