बालअधिकार सुनिश्चिततामा ध्यान दिन अपिल

अन‌ि यो पनि

भरतपुर । बालबालिकाको क्षेत्रमा काम गर्ने अभियन्ताहरुले बालअधिकार सुनिश्चिततामा ध्यान दिन सरकारसमक्ष अपिल गरेका छन् । आदर्श गृह नेपालले राष्ट्रिय बाल दिवसको अवसरमा गरेको भर्चुअल छलफलमा अभियन्ताहरुले विपद्मा बालबालिका नैसर्गिक अधिकार पाउनबाट वञ्चित हुन नहुने बताए ।
कार्यक्रममा सहभागीहरुले संविधानमा बालअधिकार सुनिश्चित गरिए पनि व्यवहारमा लागू नभएको भन्दै यस विषयमा ध्यान दिन सरकारलाई अपिल गरे । कोभिड–१९ को महामारीका बीच पनि बालबालिकाको सवाललाई उठाउनु आफ्नो दायित्व सम्झेर सामाजिक संघसंस्था क्रियाशील बने पनि सरकारले यसबारे सम्बोधन नगरेको उनीहरुको भनाइ छ ।
कार्यक्रमको प्रमुख अतिथि राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावलले बालबालिकाको चालू शैक्षिक सत्र खेर नजाने गरी तत्काल नीतिगत निर्णय गर्न आफूले सरकारलाई दबाब दिएको बताइन् । उनले नीतिगत रुपमा संरचनामा भएका व्यवस्था सुनिश्चितताका लागि सरकार गम्भीर भए पनि तीनवटा तहको सरकारले बालबालिकाको लागि देखिने काम गर्न नसकेको स्वीकार गरिन् ।
कार्यक्रममा अधिवक्ता फूलमाया रानाभाटले बालबालिकाको पढ्न पाउने नैसर्गिक अधिकारलाई राज्यले कुन्ठित गरेको बताइन् । अनलाइन शिक्षाका नाममा केही निजी विद्यालयले कक्षा सञ्चालन गरे पनि गरिब दूरदराजमा बस्ने बालबालिकाहरु पढाइबाट वञ्चित हुनुपरेको बताइन् ।
कार्यक्रममा आदर्श गृह नेपालका संस्थापक एवं अध्यक्ष मीना खरेलले बालबालिकाको संवेदनशीलतालाई बुझेर सरकारले नीतिगतरुपमै पहल गर्नुपर्नेमा जोड दिइन् । कुनै पनि बालबालिका असहाय अनाथ हुनु नपरोस् भन्दै उनले आफूहरुले बालगृहमुक्त समाज हुनुपर्ने धारणा राखिन् ।
यस्तै भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले बच्चाहरुको संवेदनशीलतालाई जो कोहीले बुझ्न नसक्ने बताउँदै उनीहरुलाई असल आचरण र नैतिक शिक्षा दिएर जोगाउनुपर्ने बताइन् ।
यसैबीच बालदिवसको अवसरमा आदर्श गृहमा वक्तृत्वकला र कविता प्रतियोगिता सम्पन्न भएको छ । बालदिवसको अवसर पारेर आदर्श गृह नेपालले आदर्श बालकल्याण समितिको संयोजनमा आइतबार भर्चुअलरुपमा बालबालिकाहरुमा कोभिड–१९ ले पारेको प्रभाव विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा सडक बालबालिका तथा पुनस्र्थापना केन्द्र हाम्रो घरमा आश्रित बालक सुवास घर्तीमगर प्रथम, आदर्श गृह नेपालमा आश्रित प्रमिला भुजेल द्वितीय, समिरा नेपाल तृतीय भएका छन् । यसैगरी सुशीला विक र नम्रता भट्टराईले सान्त्वना स्थान हासिल गरे ।
कविता वाचन प्रतियोगितामा राजीव किरण प्रथम, सुस्मिता गुरूङ द्वितीय, सन्तोष मगर तृतीय र शोभा खाती सान्त्वना हुन सफल भएका छन् । प्रतियोगितामा आदर्श गृह नेपाल, हाम्रो घर संस्था र मन्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रित वक्तृत्वकलामा १२ जना र कविता बाचनमा ११ जनाले भाग लिएका थिए ।

 

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया