खैरहनीमा कोरोना : ७१ जना संक्रमित, १५ जना निको, २ को मृत्यु

अन‌ि यो पनि

खैरहनी, भदौ ३० गते । खैरहनी नगरपालिकामा हाल सम्म ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन महिनाको अवधिमा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । खैरहनीमा एक डाक्टरमा पहिलो पटक कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

त्यसयता भदौ २९ गतेसम्म ७१ जनामा पुष्टि भएको हो । खैरहनीमा हालसम्म कुल ९९७ जनामा नमुना परीक्षण गरिएको छ । संक्रमितमध्ये १५ जना निको भएर घर फर्किएका छन् भने ५४ जना सकृय अवस्थामा रहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले जानकारी दिए । कोरोना भाइरस संक्रमण पुष्टि भएका खैरहनीका २ जनाको मृत्यु भएको छ । उनीहरु दुबैजना महिला हुन् ।

संक्रमण देखिएका प्राय धेरै होम आइसोलेसनमा रहेका छन् । मंगलबारसम्म ३२ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै सामुदायिक आइसोलेसनमा १२ जना र अस्पताल आइसोलेसनमा १० जना छन । लक्षण नदेखिएका संक्रमितलाई सामुदायिक र होम आइसोलेसनमा राख्ने गरिएको छ ।

खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले लक्षण नदेखिएकालाइ घरमै वा सामुदायिक आइसोलेसनमा राख्न प्रेरित गरिएको बताए । अस्पतालको चापलाइ ध्यान दिदै होम आइसोलेसननै जोड दिएका छौँ नगर प्रमुख चौधरीले भने । लक्षण नदेखिएका घरमै सुरक्षित रुपमा परिवारसँग बस्दा उनीहरुमा आत्मबल बढ्छ ,जसले रोगलाइ चाँडै परास्त गर्न मद्दत पुग्छ ।

पुर्बी चितवनका चार वटा नगरपालिकाले रत्ननगर ५ टरौलीमा रहेको नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड तालिम तथा अनुसन्धान केन्द्रको भवनमा आइसोलेसन सेन्टर बनाएका छन । खैरहनी नगरपालिकाले बाहिरी जिल्लाबाट र बिदेशबाट आएकाहरुलाइ राख्न राधास्वामी ब्यास नेपाल, दुर्गामन्दिर स्थित खानेपानी कार्यालयको खाली भवन र खैरहनी नगरपालिकामा सामुदायिक क्वारेन्टाइन बनाएको छ । हाल ती क्वारेन्टाइनमा २८ जना रहेका छन् ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया