सौराहाका व्यवसायीले हात्ती बेचे,भाडाका हात्ती फिर्ता

अन‌ि यो पनि

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहाका व्यवसायीहरुले पर्यटकलाई सफारी गराउने हात्ती विक्री गर्न थालेका छन । कोरोना महामारीका कारण सौराहाको पर्यटन बन्द भएपछि केही व्यवसायीहरुले हात्ती बेचेका छन भने भाडामा रहेका हात्तीहरुलाई फिर्ता पठाउन थालिएको छ ।

आम्दानीको श्रोत नभएर हात्ती पाल्न मुश्किल भएपछि व्यवसायीहरुले हात्ती बेचेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले बताए । पर्यटन व्यवसायी ज्ञानेन्द्र कुमार विष्टले दुई वटा र बाघमारा होटलका सञ्चालकले एउटा हात्ती भारतका व्यवसायीहरुलाई विक्री गरेका छन ।

एउटा हात्ती पाल्न मासिक एक लाख रुपैया खर्च लाग्ने गरेको छ । हात्ती पाल्न मुश्किल भएपछि बाध्य भएर बेच्नु प¥यो व्यवसायी विष्टले भने दुई वटा हात्ती ६ महिना पाल्दा १२ लाख खर्च भइसक्यो,राख्न नसक्ने अबस्था भएर विक्री गरेको हो । सौराहामा भाडामा ल्याएका पाँच वटा हात्ती छन । भारत र नेपालकै तराईका जिल्लाहरुबाट सौराहाका व्यवसायीहरुले हात्ती ल्याएर पर्यटकलाई सुविधा दिँदै आएका थिए ।

व्यवसायी नगेन्द्र चापागाईले भारतबाट भाडामा ल्याएको हात्ती फिर्ता पठाएका छन । व्यवसायी रामु चौधरीले भाडामा ल्याएका दुई वटा हात्ती फिर्ता पठाउने योजनामा रहेका छन । दसैं सम्म कुर्ने र सौराहाको पर्यटन नचले फिर्ता पठाउने चौधरीले बताए । दुई वटा हात्तीको भाडामा मात्र मासिक एक लाख रुपैया तिर्नुपर्छ उनले भने माउतेलाई तलव,दाना गर्दा पाल्नै मुश्किल भएको छ । सौराहामा निजी स्तरमा ६५ वटा हात्ती सञ्चालनमा छन ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया