मलमा कालोवजारी गर्नेलाई १० हजार जरिवाना

अन‌ि यो पनि

चितवन,  २८ भदौ । रत्ननगरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारीमा भएको भनिएको कालोवजारी अन्तर्गत जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार सहकारीसँग सम्बद्ध रहेका ४ जना आरोपितहरुलाई रु १० हजार प्रतिव्यक्ति जारिवाना तोकेको छ । जरिवाना तोकिएकाहरुमा सहकारीका व्यवस्थापक विनोद अधिकारी, रामकृष्ण तिमिल्सिना, मायानाथ अर्याल र निर्मला घिमिरे रहेका छन् ।

सो सहकारीले तोकेको रकम भन्दा बढी लिएर मल किसानलाई वेचेको आरोप सहित जिल्ला प्रशासनमा मुद्दा परेको थियो। साथै सहकारीले विक्री गर्न नभ्याएका ५१ बोरा मल प्रशासनले जफत गर्ने भएको छ ।

जफत गरिएका मल सम्बन्धित स्थानीय तहलाई किसानका लागि विक्री गर्न दिने र उठेको रकम राजश्वमा जम्मा गर्ने फैसला भएको जिल्ला प्रशासनका सूचना अधिकारी प्रशासकीय अधिकृत इश्वर सिंखडाले बताए । कालोवजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दाफा ३ अनुसार कारवाही गरिएको उनले जानकारी दिए ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...