बाहिनी अड्डाका २६ जनामा एकैदिन कोरोना संक्रमण

अन‌ि यो पनि

धादिङ । धादिङमा एकैदिन ३१ जनामा कोराना संक्रमण संक्रमण पुष्टि भएको छ ।
धादिङको गल्छी गाउँपालिकामा रहेको श्री नम्बर ६ बाहिनी अड्डाका २७ जनासहित जिल्लाको त्रिपुरासुन्दरी गाउँपलिकामा ३ जना र गल्छी गाउँपालिकाकै १ जनासमेत गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गल्छी गाउँपालिका स्वास्थ्य संयोजक रामप्रसाद ज्ञवालीका अनुसार गल्छी गाउँपालिका २१ वर्षका ३ जना, २० वर्षका ४ जना, ३० वर्षका ३ जना, ३५ वर्षका ४ जना, १९ वर्षका २ जना, ३४ वर्षका २ जना, २७ वर्षका २ जना, ३३ वर्षका २ जना, ३६ वर्षका २ जना पुरुष, २६, ३८, ३७ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । गल्छी गाउँपालिकाका २८ जना कोरोना संक्रमण भएकाहरु बैरेनीमा रहेको श्री नम्बर ६ बाहिनी अड्डामा कार्यरत २७ जना र १ जना गल्छी गाउँपालिका वडा नम्बर ६ का स्थानीय रहेका छन् ।
व्यारेकमा कार्यरत व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि सेनालाई व्यारेकबाट बाहिर निस्कन रोकिएको छ । यसअघि सो व्यारेकका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको कन्ट्रयाक टे«सिङको आधारमा गरिएको परीक्षणमा थप २८ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी धादिङ जिल्लामै कोरोना हटस्पट बन्दै गएको त्रिपुरासुन्दरी गाउँपालिकामा संक्रमितको संख्या घट्दै गएको छ । आइतबार वडा नम्बर २ का ४६ र ३६ वर्षका पुरुष र २५ वर्षका महिलामा कोरोना संक्रमण पुष्टि भएको त्रिपुरासुन्दरी गाउँपालिका स्वास्थ्य संयोजक यमबहादुर श्रेष्ठले जानकारी दिए । यसअघि त्रिपुरासुन्दरी गाउँपालिकाबाट ४३ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
परीक्षणका लागि पठाइएका ८ नमुनामध्ये ३ जनामा कोरोना संक्रमण देखिएको हो भने ५ जना यसअघि नै कोरोना परीक्षण गर्दा पोजेटिभ आएका र १४ दिनपछि पुनः परीक्षणका लागि पठाउँदा पोजेटिभ आएको स्वास्थ्य संयोजक श्रेष्ठले बताए ।
त्रिपुरासुन्दरी गाउँपालिका ३ जना नयाँसहित २१ जना कोरोना संक्रमितको अहिले आइसोलेसनमा राखेर उपचार भइरहेको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि भएकाहरु कसैलाई पनि लक्षण नदेखिएको र सबैलाई आइसोलेससनमा राखिएको धादिङ स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । धादिङमा अहिलेसम्म २८५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये १७७ जना निको भएका छन् ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया