टरौली आइसोलेसनका आठ जना कोरोना मुक्त

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ५ टरौली सयुक्त आइसोलेसनमा रहेका आठ जना कोरोना मुक्त भएका छन् । शनिबार गरिएको दोस्रो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको हो ।

आइसोलेसनमा रहेका रत्ननगर नगरपालिकाका ४ जना, खैरहनीका २ र राप्तीका दुई जना कोरोना मुक्त भएको रत्ननगरको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए । कोरोना मुक्त भएका उनीहरुलाई १४ दिन आइसोलेसनमा उपचार गरेर घर पठाइएको उनले जानकारी दिए ।

आज ८ जनालाई घर पठाएपछि सो आइसोलेसनमा रत्ननगरको ५ जना, राप्तीका ६ जना, खैरहनीका ७ जना र कालिकाका ३ जना गरी २१ जना संक्रमित रहेको पौडेलले जानकारी दिए । पूर्वी चितवनका चारवटा नगरपालिकाले टरौलीमा संयुक्त आइसोलेसन सञ्चालन गरेका हुन् । आइसोलेसनमा रहेका संक्रमितको उपचारसहित अन्य सम्पूर्ण व्यवस्थापनको काम संयुक्तरुपमा गरिँदै आएको छ । लक्षण नदेखिएका संक्रमितलाई प्राथमिक उपचार गरिँदै आएको छ ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया