चितवनमा कोरोनाबाट १.२८ प्रतिशत मृत्यु, २४ प्रतिशत निको भएर घर फर्के

अन‌ि यो पनि

भरतपुर । चितवन जिल्लामा कोरोना भाइरसको सङ्क्रमणबाट १.२८ प्रतिशतको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको तथ्याङ्कअनुसार जिल्लामा शनिबारसम्म एक हजार २४३ जना कोरोना सङ्क्रमित भएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार चितवनमा हालसम्म १६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । प्रतिशतमा लैजाँदा चितवनमा १.२८ प्रतिशत कोरोना सङ्क्रमितको मृत्यु भएको देखिन्छ ।

चितवनमा २४ प्रतिशत निको भएर घर फर्किसकेका छन् । हालसम्म चितवन जिल्लामा २९९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका स्वास्थ्य कार्यालय दिएको तथ्याङ्कमा उल्लेख छ ।

कोरोनाबाट मृत्यु भएका १६ जनामध्ये भरतपुर महानगरपालिकाका नौ जना, खैरहनी नगरपालिकाका दुई जना, रत्ननगर नगरपालिकाका तीन जना, राप्ती नगरपालिकाका दुई जना रहेका छन् । इच्छाकामना, माडी र कालिका गाउँपालिकामा सङ्क्रमितको मृत्यु संख्या शून्य रहेको छ ।

भरतपुर महानगरपालिकाको वडा नं ११ मा मात्र मृत्यु हुने कोरोना सङ्क्रमितको संख्या ६ जना पुगेको छ । वडा कार्यालयले माइकिङ गरेर भए पनि वडावासीलाई कोरोना भाइरसको विषयमा सचेतना गराइरहेको छ ।

चितवन जिल्लाभर ९२८ जना आइसोलेसनमा रहेका छन् । ‘चितवनमा सङ्क्रमित हुनेको संख्या बढिरहेको छ, केही दिन सङ्क्रमित हुनेको संख्या कम भए पनि फेरि बढ्न थालेको छ’ स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीले भने, ‘निषेधाज्ञा खुकुलो भएसँगै सतर्कता अपनाइएन भने यसले भयावह रुप लिन पनि सक्छ ।’
उनका अनुसार सङ्क्रमितको संख्या बढ्दै गयो भने आइसियू र भेन्टिलेटरमा बस्नेहरुको संख्या पनि बढ्छ, त्यस्तो अवस्थामा आइसियू र भेन्टिलेटरको समेत जिल्लामा अभाव हुन सक्छ ।

कुन पालिकामा बढी निको ?
सङ्क्रमितको संख्या र निको हुनेको संख्या भरतपुर महानगरपालिकामा बढी छ । भरतपुर महानगरमा हालसम्म ८५१ जना कोरोना सङ्क्रमित भएका छन् । जसमा १५३ जना निको भइसकेका छन् भने ६८९ जना आइसोलेसनमा रहेका छन्।

चितवनमा सबै पालिकामध्ये कम सङ्क्रमित भएको पालिकामा पर्छ इच्छाकामना गाउँपालिका । हालसम्म चार जना कोरोना सङ्क्रमित भएका छन् भने दुई जना निको भएर पनि घर फर्केका स्वास्थ्य कार्यालयले जनाएको छ ।
रत्ननगरमा १३६ जना कोरोना सङ्क्रमित भएका छन् । जसमा १४ जना निको भएर घर फर्केका छन् भने ११९ जना आइसोलेसनमा छन् ।

खैरहनी नगरपालिकामा शनिबारसम्म ६४ जना सङ्क्रमित पुगेका छन् । ६४ जना आइसोलेसनमा र आठ जना निको भएर घर फर्केका छन् । माडीमा ५३ जना सङ्क्रमित पुगेका छन्, जसमा ४८ जना निको भएका छन् भने जम्मा पाँच जनामात्र आइसोलेसनमा रहेका छन् ।

राप्तीमा ९९ जना सङ्क्रमित छन् भने २८ जना आइसोलेसनमा छन् । ६९ जना निको भएर घर फर्केका छन् । कालिका शनिबारसम्म ३६ जना सङ्क्रमित छन् भने पाँच जना निको भएर घर फर्केका छन् । बाँकी आइसोलेसनमा रहेका छन् ।

प्रतिकृया

मुख्य समाचार

बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिन माग

रत्ननगर । सोमबार जंगलमा निउरो टिन गएकी रत्ननगर-५ मगरटोलकी गीता अधिकारीको बाघको आक्रमणबाट निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया