चितवनमा विद्युतीय गाडीको बुकिङ खुला

अन‌ि यो पनि

भरतपुर । चितवन जिल्लामा विद्युतीय व्यावसायिक गाडीको बुकिङ खुला भएको छ । दिगो गु्रप अफ कम्पनीले नेपालमा विश्व विद्युतीय सवारीसाधन दिवसको अवसर पारेर आफ्ना तीनवटा विद्युतीय गाडी सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएका सवारीसाधनमा दिगोई–बस, दिगोई ६–मिनीबस र दिगो डाँफे–माइक्रो बस छन् । दिगोई–बसको १ करोड २६ लाख ५० हजार, दिगोई ६–मिनीबसको ९० लाख र दिगो डाँफे–माइक्रो बसको ४४ लाख रूपैयाँ पर्नेछ ।

दिगो नेपालको मोबिलिटी क्षेत्रलाई रुपान्तरण गर्ने भिजन बोकेको नयाँ ऊर्जा कम्पनी हो । उत्सर्जन शून्य भविष्यको लक्ष्य हासिल गर्न दिगोले विद्युतीय मोबिलिटीको पूर्ण इकोसिस्टम विकास गर्नुका साथै सिएटिएल, स्टार चार्ज, डिएफएसके, सिएचटिसी, जोयलङजस्ता यस क्षेत्रका नेतृत्वदायी कम्पनीहरुसँग सहकार्य गरिरहेको कम्पनीको चितवन र नवलपरासीको लागि आधिकारिक डिलर ग्रिर्र्न मोटर्स प्रालि चितवनका सञ्चालक विशाल पौडेलले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

चितवनमा ८९ जना संक्रमित, २४ जना संक्रमणमुक्त, चार जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो २४ घन्टामा ८९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार मंगलबार पिसिआर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया