शर्मिलाको उपचारमा फेसबुकबाटै उठाए ११ लाख बढी रकम

अन‌ि यो पनि

भरतपुर । भरतपुर १० स्थायी घर भएका युवा व्यवसायी कृष्णबहादुर गुरूङले इच्छाकामना ३ चैबुङकी शर्मिला गुरूङको उपचारको लागि सामाजिक सञ्चाल फेसबुकबाटै ११ लाख रूपैयाँभन्दा बढी पैसा संकलन गरेका छन्।

दुवै मिर्गौला काम नलाग्ने अवस्थामा पुगेकी शर्मिलाको उपचारमा आर्थिक संकट परेको थाहा पाएपछि फेसबुकमार्फत सहयोगको लागि आह्वान गर्दा मुलुकभित्र र बाहिरबाट गरी कुल ११ लाख १८ हजार ९४० रूपैयाँ संकलन भएको उनले बताए।

पैसा संकलन भएपछि विगत चारवर्षदेखि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा नियमित ‘डायलासिस’ गर्दै आएकी १९ वर्षीया शर्मिला पनि उपचार पाउने भएकी छन्। हप्तामा दुईपटक अस्पताल आउनुपर्ने उनलाई लकडाउनले झनै समस्यामा पारेको थियो। शर्मिलाका बुबा तेजबहादुरका अनुसार चारवर्षमा छोरीको उपचारको लागि मात्रै २० लाख रूपैयाँभन्दा बढी खर्च भइसकेको छ।

चिकित्सकले मिर्गोला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएपछि उनी आर्थिक संकलनको लागि छट्पटाएका थिए। सोही बेला कृष्णबहादुर गुरूङसँग भेट भएपछि आर्थिक संकलन गर्न पहल भएको हो।

करिब डेढ महिनाको प्रयासमा देश–विदेशमा बस्ने ११४ जना नेपाली दाजुभाइ तथा दिदीबहिनीबाट उक्त रकम संकलन भएको उनले बताए। उनका अनुसार अबको केही दिनमै तमू ह्युल छोँज धीँ, गुरूङ राष्ट्रिय परिषद् चितवनमार्फत बिरामीको परिवारलाई उक्त रकम हस्तान्तरण गरिनेछ।

पीडितलाई सहयोग गर्ने उद्देश्यले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दा सबैले विश्वास गरेर रकम पठाएकाे भन्दै उनले सहयोगी सबैलाई धन्यवाद दिए। उनका अनुसार विदेशमा रहेका नेपालीले कसैले व्यक्तिगत र कसैले संकलन गरेर रकम पठाएका छन्। दुःखमा परेका व्यक्तिलाई सहयोग संकलन गरेर उपचार गराउन पाउँदा खुसी लागेको उनले बताए।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया