स्थानीय सरकारले बाड्यो युरिया मल

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १६ ले वडा भित्रका किसानहरुलाई युरिया मल वितरण गरेको छ । बजारमा युरिया मलको चरम अभाब भएपछि स्थानीय सरकारको रुपमा रहेको वडा कार्यालयले वडाबासी किसानहरुलाई दामासायीमा मल वितरण गरेको हो ।

पाँच,दश किलो मल लिन घन्टौं लाइनमा बस्नु पर्ने अबस्था आएपछि वडा कार्यालयले मल खरिद गरेर किसानलाई वितरण गरेको वडाध्यक्ष हेमराज थापाले बताए । वडा कार्यालयले किनेर ल्याएकै मुल्यमा किसानहरुलाई मल वितरण गरेको उनले बताए ।

पहिलो चरणमा एक हजार किसानलाई १०० बोरो मल वितरण गरिएको छ । दोश्रो चरणमा शनिवार ४५ बोरा मल २०० जना किसानलाई वितरण गरिएको वडाध्यक्ष थापाले बताए । पहिलो चरणमा टोल विकास संस्थासंग सहकार्य गरी टोल टोलमै मल वितरण गरिएको र शनिवार वडा कार्यालयमै सामाजिक दुरी कायम गरी मल वितरण गरिएको हो ।

कामना बचत तथा ऋण सहकारीको मल डिपोबाट खरिद गरेर वडा कार्यालयले किसानलाई दिएको हो । प्रतिकिलो १८ रुपैयामा किनेर सोही मुल्यमा किसानलाएै वितरण गरिएको वडाकार्यालयले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया