कतै खुसी, कतै पीडा

अन‌ि यो पनि

ताल जंगलले घेरिएको । हिमालको प्रतिबिम्ब तालमा । दाउरेलाई वनपालेले भगाउँदा छोडिएको फलाम (बञ्चरो) म । सुन्दरतामा रमाउन कयौँ जोडी पुग्ने रमाइलो ताल । एक्लै गम्नका लागि पुग्ने सुन्दर स्थान । सुन्दर, हराभरा, शान्त, रमाइलो, पारिलो ठाउँ ।
आनन्दित हुँदै कयौँ रासलीलाको प्रत्यक्ष साक्षी भएँ म । कयौँ पीडितका आँसु झरे यहाँ ।
हराभरा रुख काट्न पुगेको म । दाउरेबाट छुट्टिएपछि खियाले सड्दै छु । सायद, स्वर्गको टुक्रा । विनाशमा उद्यत म जसको गल्तीको सजाय होला । कयौँ हरिया रुख ढालेँ, कयौँपटक चम्किएँ म, तर आज सड्दै छु ।
अचानक मेरो छेउमा एक सुन्दर जोडी बस्यो । म एकोहोरिएँ । मेरा नयन दायाँबायाँ गएनन् । उनीहरुको रासलीला सुरू भयो । म फेरि साक्षी बनेँ । उनीहरुको रासलीलाले कानको सुन (झुम्का) त्यहीँ खस्यो । आनन्दित हुँदै संसार भुलेका जोडीले सुन खसेको चाल पाएनन् ।
भोलिपल्ट एक्लो व्यक्ति मलिन अनुहारसहित त्यही स्थानमा बस्छ । अनि, अघिल्लो दिनको चम्किलो अनुहार सम्झन्छु । अनुहार तर मलिन र चम्किलो किन ? फरक दुई अनुहार, दुवै मानव । हाम्रो त सबै एकै, चम्काए चम्कनु र छोडेपछि खियाले गलाउनु । तर, विभेद देखिन्न ।
त्यो रूवाइ र उसको लडीबुडी । रासलीलाको लडीबुडी आनन्दित, तर यी दुवैमा आनन्द र पीडाको भेद ।
उसको लडीबुडीले सुन मनजिकै पुग्छ । सुनले आश्चर्य मान्दै तिमी भन्छ । मैले (फलाम) भनेँ– अँ, म त वर्षाैंदेखि यहीँ छु ।’
मैले फेरि भनेँ– यहाँ सबैभन्दा रमाइलो क्षण पनि देखेँ, अनि दुःखदायी पीडा पनि ।
सुनले भन्यो– मैले त सधैँ खुसीयालीमात्रै देखेँ । रमाइलो, हर्षाेल्लास गरेको मात्रै भेटेँ ।
मलाई त पिट्दा पनि कम दुख्छ– सुनले खुसी हुँदै भन्यो, पिटेर विभिन्न डिजाइन बनाउँछन् । मुस्काउँदै उसले सोध्यो– मलाई भन, तिमीलाई पिट्दा किन भयङ्यकर आवाज दिन्छौ ?
मेरो पीडा उसलाई के थाहा ! मैले सामान्य बन्दै भनेँ– अर्काले दिएको पीडा तिमी त भुल्छौ, मलाई त आफन्तले नै पिटछन् । आफन्तले दिएको पीडा आहटमा बदलिएको मात्रै हो ।

प्रतिकृया

मुख्य समाचार

रत्ननगर र कालिकाका सुकुम्बासीलाई गैरसरकारी संस्थाको राहत

चितवन ०८ असार । अ ड्रप अफ लाइफ हङकङले कम्युनिटि रिसोर्स सेन्टर नेपाल (सिआरसिएन)को समन्वय र नेवाज मल्टिप्रपोज सोसाइटीको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया