मेरा बितेका ती पलहरु (कविता)

अन‌ि यो पनि

म त रूमल्लिएँ
मेरा बितेका ती पलहरुमा
कहाँ हरायो मेरो बालापन
मातापिताको त्यो प्रेम
र न्यानो मायामा
सम्झिरहन्छु त्यो क्षण
कहा हरायो मेरो बालापन ।

युवा अवस्थाको त्यो समयमा
सम्झिन्छु साथीहरुसँगको खेलमा
विद्यालयबाट घर फर्केपछिको हरपलमा
सम्झिरहेछु त्यो क्षण
कहा हरायो मेरो युवावस्था ।

विद्यालय, महाविद्यालय
र विश्वविद्यालयका समय
याद आइरहेछ ती
आनन्दमय र परिश्रमका क्षणहरु
सबै यादमात्रै रहेछन् ती पलहरु
कहाँ हराए मेरा ती क्षणहरु ।

गृहस्थ जीवनको पनि
सम्झना आउँछ मनमा
आनन्दमय जीवनसँगसँगै
घुमेका ती समय
अनि व्यस्त गृहस्थ
सञ्चालनको सम्झना
आफूलाई बिर्सी परिवारको चाहना
पूर्ण गर्न लागेको समय ।

यसैगरी निवृत्त भएँ
आफ्नो जगिरबाट
५८ को वृद्ध अवस्थामा
थाहा भएन प्रवेश गरेको
छोराछोरी पनि लागे
आफ्नो गृहस्थीतिर
परिवारमा दर्जन पुगे पनि
रह्यौँ केवल पतिपत्नी घरमा
सम्झिरहन्छु सधैँ
बचेराहरु उडेर
टाढा गएको क्षण
माउलाई एक्लै छोडेर
आफैँमा रमाएको क्षण ।

 

 

[email protected]

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया