अटो दुर्घटनामा चार जना घाइते

अन‌ि यो पनि

गैँडाकोट । पूर्वी नवलरासीको गैँडाकोट नगरपालिका–११, हर्कपुर चोकमा अटो दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना २ ह ५१३० नम्बरको अटोलाई सोही दिशाबाट आउँदै गरेको बा १० च ४७१० नम्बरको कारले ओभरटेक गर्ने क्रममा ठक्कर दिई दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अटोमा सवार ४ जना घाइते भएका हुन् । दुर्घटनामा परी गैँडाकोट–१२ निवासी २१ वर्षीया कोपिला आले गम्भीर घाइते भएकी छन् । उनको निधार र शरीरमा भित्री चोट लागेको प्रहरीले जनाएको छ । त्यसैगरी, सोही स्थानकी २२ वर्षीया पुनम आले, ७ वर्षीया स्मारिका आले र २ वर्षीय बालक रिजन आले सामान्य घाइते भएका छन् ।
घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ठक्कर दिने सवारीसाधन र चालक प्रहरीको नियन्त्रणमा रहेको नवलपुर प्रहरीले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिन माग

रत्ननगर । सोमबार जंगलमा निउरो टिन गएकी रत्ननगर-५ मगरटोलकी जनकौली निवासी गीता अधिकारीको बाघको आक्रमणबाट निधन भएकोमा श्रद्धाञ्जली अर्पण...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया