चितवन /स्थापनाको छोटो समयमा नै समाजसेवाका माध्यामबाट पाठकवर्गको मन जित्न सफल चितवनको पहिलो र एक मात्र राष्ट्रिय अर्ध साप्ताहिक चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिकले आफनोे गौरवमय चौथो वार्षिकोत्सबको अवसरमा नेपाली फिल्म “ वल्र्ड कप इन नेपाल “ को च्यारिटी शो गर्ने भएको छ । चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिकले भरतपुर फुटवल क्लबको सहयोगार्थमा नेपाली फिल्म “ वल्र्ड कप इन नेपाल “ च्यारिटी शो कार्यक्रम संचालन गर्ने भएको हो । पत्रिकाको मगलबार सम्पन्न बैठकले यही जेष्ठ १९ गते, सोमबार विहान १० बजे नारायणँगढको ईन्द्रदेव चलचित्र मन्दिरमा च्यारिटी शो कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो । खेलकुदका क्षेत्रमा निकै कम चलचित्र बन्ने गरेकाले , सम्पूर्ण खेलाडीहरुको मनोबल र उत्साह थप्न केही हद सम्म भएपनि सहयोग पु¥याउने उद्देश्यले नेपाली फिल्म “ वल्र्ड कप इन नेपाल “ को च्यारिटी शो कार्यक्रम संचालन गर्न लागिएको पत्रिकाका प्रकाशक तथा प्रधानसम्पादक हरि कार्की ‘लक्की’ले बताउनुभयो । नेपाली फुटबल खेलको विकास गर्दै विश्वकप प्रतियोगितामा सहभागी हुनसक्ने खेलाडी नेपाली खेलाडी उत्पादन गर्नुपर्ने उद्देश्यले नेचुरल मुभि मेकर्स प्रालिले ‘वल्र्डकप इन नेपाल’ नामक नेपाली कथानक चलचित्र निर्माण्ँ गरेको हो । नेपालको एउटा गा“उमा फूटबल खेल्ने किशोरहरुको विश्वकप खेल्ने सपनालाई मामिर्क ढंगले प्रस्तुत गरिएको नेपाली फिल्म ”वल्र्ड कप इन नेपाल”लाई प्रकाश थापा र राम तामाङले निर्माण्ँ गरेका हुन् । फिल्ममा गिरी प्रसाद पुन, गोपाल अर्याल, संगम राई, सपन घिमिरे, उमेश थापा, सागर लामा, ऋÈि थापा मगर, प्रविन तामाङ, राम फागो, पर्वत सुब्बा, सुजन तामाङ, निश्चल घले लगायतले अभिनय गरेका छन् । पत्रिकाले यसअघिपनि समाज परिवर्तनका लागी महत्वपुर्ण भुमिका खेल्दै आएको छ । केहिदिन अघि मात्रै नेपाली कथानक चलचित्र राजनितिको पनि च्यारिटि सो गरेर देवघाट स्थित श्रीरामजानकी बालिका आश्रममा आश्रीत बालिकाहरुका लागि विविध सामाग्री वितरण गरेको थियो । त्यति मात्रै हैन पत्रिकाले सामाजिक काममा सधै अग्रसर हुदै बिभिन्न बिद्यालयका बिद्यार्थिहरुलाई छात्रबृत्ति समेत प्रदान गरेको थियो । पत्रिकाले आगामि दिनमा अझै रचनात्मक तथा समाज परिवर्तनका लागी चेतनामुलक कार्यक्रम सञ्चालन गर्दै जाने प्रकाशक तथा प्रधानसम्पादक कार्कीको भनाई छ । पत्रिकाले निशुल्क स्वास्थय शिबिर, निशुल्क दञ्त शिविर, निशुल्क आँखा शिविर, लत्ताकपडा बितरण लगायतका बिभिन्न कार्यक्रम सञ्चालन गर्दै पाठकहरुको मन जित्न सफल भएको छ । पत्रिकाले गर्दै आईरहेका हरेक कृयाक्लाप र गतिबिधिका बिषयमा सल्लाहा सुझाब दिन पनि सबैमा आग्रह गर्नुभएको छ ।
Discussion about this post