चितवनमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

अन‌ि यो पनि

चितवन । चितवनमा शुक्रबार थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत राप्ती नगरपालिका ५ का ६१ वर्षीय पुरुषको शुक्रबार साँझ ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

भदौ २४ गते कोरोना पुष्टि भएका ती पुरुषमा उच्च ज्वरो, खोकी र स्वासप्रश्वासको समस्या भई स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि भदौ २५ गते भरतपुर अस्पतालको अस्पतालको कोभिड आइसियूमा राखी उपचार गरिएको थियो । यससँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । जसमा चितवन जिल्लाका मात्र १५ जना रहेका छन् ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...