भरतपुर । भौतिक योजना तथा निर्माणमन्त्री बिमलेन्द्र निधिले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र संघीयता र समावेशीता अब बन्ने संविधानको आधारबस्तु हुने बताएका छन् ।
नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस इकाइको आयोजनामा सोमबार भरतपुरमा सम्पन्न कार्यक्रममा मन्त्री निधिले तोकिएको समयमा संविधान जारी हुने दावी गर्दै यस्तो बताएका हुन् ।
‘सविधानको आधारबस्तु समावेशी लोकतन्त्र हो’, निधिले थपे, ‘समयमा संविधान जारी गर्नका लागि सबै तह र तप्काको सहयोग जरूरी छ ।’ उनले विद्यार्थीहरुलाई देशको वर्तमान राजनैतिक अवस्थामा अहिंसा र शान्तिका लागि जुट्न आग्रह पनि गरे ।
‘अहिलेको आवश्यकता मिश्रित निर्वाचन प्रणाली हो । अहिंसा र शान्तिका लागि पनि विद्यार्थीहरुको भूमिका जरूरी छ’, उनले भने ।
सभासद रामहरि खतिवडाले एक वर्षमा संविधान दिन नसके देश असफल हुने दावी गरे । स्व.शिव पौडेलको ३२ औं जन्मजयन्तीको अवसरमा विद्यार्थी इकाइले युवा विद्यार्थीको भूमिकाका सम्बन्धमा प्रवचन कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको सभापति इकाइ सभापति वचन कार्की थिए ।
Discussion about this post