रत्ननगर । नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा सुवोधकुमार देवकोटा पुनः सर्वसम्मत निर्वाचित हुने लगभग पक्का भएको छ । रत्ननगरमा जारी युनियनको छैटौं केन्द्रीय महाधिवेशनमा सोमबार बिहानबाट सुरू भएको निर्वाचन प्रक्रियाअनुसार अध्यक्षका आकांक्षी देवकोटाबाहेक अरुको उम्मेदवारी नपरेपछि देवकोटा दोस्रो कार्यकालको लागि अध्यक्ष बन्ने पक्का भएका हुन् ।
त्यस्तै युनियनको महासचिवमा पनि जितबहादुर मडै सर्वसमत निर्वाचित हुनुभएको छ । युनियनको नयाँ कार्यसमितिको लागि अधिकांश पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् भने खुला सचिव र क्षेत्रीय उपाध्यक्षमा भने कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
निर्विरोध हुने अन्य पदाधिकारीहरुमा मधेसी उपाध्यक्षमा मनोजकुमार तिवारी, मधेसी सचिवमा रामबाबु मण्डल, आदिवासी जनजाति सचिवमा जगतबहादुर मगर, मध्यमाञ्चल क्षेत्रीय उपाध्यक्षमा प्रदीपकुमार श्रेष्ठ, सुदूरपश्चिम उपाध्यक्षमा प्रेमबहादुर निदाल, केन्द्रीय स्तरका कार्यालयबाट क्षेत्रीय उपाध्यक्षमा तेजकुमार केसी निर्विरोध निर्वाचित भएका छन् ।
युनियनको वरिष्ठ उपाध्यक्षमा गोपालप्रसाद पोख्रेल, विष्णुबहादुर रायमाझी, महेन्द्रप्रकाश शर्मा, महिला उपाध्यक्षमा दुर्गादेवी आत्रय र बिन्दाकुमारी नेपालको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । खुल्लातर्फ चार सचिवका लागि १५ जनाको उम्मेदवारी परेको छ । सचिवमा कमला पोख्रेल, केशवप्रसाद गौतम, गोपालप्रसाद ढकाल, नवराज सुवेदी, नवराज जैसी, नारायणप्रसाद शर्मा, दुर्गाप्रसाद फुयाँल, मनोजकुमार सुनुवार, विष्णुप्रसाद ज्ञावली, राजुप्रसाद उप्रेती, टंकनाथ पौडेल, राजेन्द्र बुढाथोकी, लीलाधर अर्याल, सुवासकुमार कोइराला र रामकुमार कोइरालाको उम्मेदवारी परेको छ ।
त्यसैगरी एक कोषाध्यक्ष पदका लागि २ जना नवलबहादुर मल्ल र नारायणप्रसाद नेपालले उम्मेदवारी दिएका छन् । श्रेणीविहीन उपाध्यक्षमा सोमनाथ कोइराला र शंकर पुरी, पूर्वाञ्चल क्षेत्रीय उपाध्यक्षतर्फ दीपेन्द्रकुमार खत्री, धनराज राई, महेश पन्त र शंकर बस्नेतको उम्मेदवारी परेको छ ।
त्यस्तै पश्चिमाञ्चलमा किरणराज तिवारी र जयस्वर पन्थी, मध्यपश्चिमाञ्चल उपाध्यक्षमा नन्दराम चौलागाई, पदम वहादुर जिसी, विष्णुदत्त रेग्मी, शान्ताराज अधिकारीको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिनुभयो ।
सर्वसम्मत हुन नसकेका पदहरुको लागि आज मंगलबार बिहान ९ बजेबाट मतदान सुरू हुने निर्वाचन अधिकृत खनालले जानकारी दिनुभयो । महाधिवेशनले ७० जना केन्द्रीय पदाधिकारी तथा सदस्य निर्वाचित गर्ने र ५ जनापछि मनोनित गरी ७५ सदस्यीय केन्द्रीय समिति निर्माण हुने जनाइएको छ ।
आइतबारबाट सुरू भएको युनियनको छैटौं महाधिवेशन नयाँ कार्यसमिति चयन गर्दै आज मंगलबार सकिँदै छ । महाधिवेशनको नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले आइतबार रत्ननगरमा उद्घाटन गर्नुभएको थियो ।
Discussion about this post