रत्ननगर । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपाल टाँडी शाखाले आयोजना गरेको तीन दिने मैनबत्ती तालिम सोमबार सकिएको छ । नेष्डोले व्यवसायिकता र आत्मनिर्भरताको लागि आयोजना गरेको तालिममा २० जनाको सहभागिता रहेको थियो । तालिममा केदार न्यौपानेले सहजीकरण गर्नुभएको थियो । नेष्डो टाँडी शाखाका प्रबन्धक सन्तोष कँडेलको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा संस्थागत प्रतिज्ञा केन्द्रकी प्रबन्धक अप्सरा अधिकारी, संगिता शर्मालगायतले बोल्नुभएको थियो ।
Discussion about this post